प्रदेश संसद सचिवालय भवन अघि संघर्ष समितिको धर्ना

 लिम्बुवान न्युज
                       

दमक, ८ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले साउन १० गते प्रदेश नं. १ संसद सचिवालय भवन अघि धर्ना दिने भएको छ । प्रदेश नं. १ को नाम लिम्बुवान, किरात प्रदेश हुनुपर्छ भनी आन्दोलन गरिरहेको ३५ दलीय मोर्चाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

आइतबार इटहरीमा संघर्ष समितिको बैठक बस्दै प्रदेशसभा बैठक बसेकै दिन धर्ना दिने निर्णय गरेको हो । यतिबेला प्रदेश नं. १ को नामाकरण पेचिलो बन्दै गर्दा पहिचानको पक्षमा आन्दोलनहरु शुरु भएको छ । किरात राई यायोक्खाको अगुवाईमा किरात प्रदेशको माग सहित आन्दोलन बढिरहँदा किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न राजनीतिक दल, संघसंस्थाहरु साझा नाम लिम्बुवान, किरात हुनु पर्ने अडान राख्दै आन्दोलनमा सहभागी भएका छन् ।

लामो समयदेखि पहिचानको पक्षमा आन्दोलन गरिरहेको दल राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा माओवादी सबद्ध लिम्बुवान मोर्चा, जसपा सम्बद्ध लिम्बुवान समिति त्यसैगरी एमाले, कांग्रेस लगायत दलका जातीय मोर्चाहरुले समेत लिम्बुवान, किरात नभए आन्दोलन निरन्तर अघि बढ्ने बताएका छन् ।

भूगोल वा अन्य अन्तराष्ट्रिय पहिचानको पक्षमा मात्र नामाङकन गरि प्रदेश १ का ठूलो बिद्रोह हुनसक्ने बताउँदैन आन्दोलनकारीहरुलाई प्रदेश सरकारलाई पटकपटक सचेत समेत गराइरहेका छन् ।

इटहरीमा कियाचू, विभिन्न राजनीतिक दल, बुद्धिजिवी लगायत संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठक कियाचू अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा बसको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;