जनमुक्तिद्वारा चुनाव प्रणाली पूर्णसमानुपातिक हुने पर्नेमा जोड : थ्रेसहोल्ड हटाउनु पर्ने माग

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर संवाददाता । राष्ट्रिय जनमुक्ति पार्टीले मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै चिन्ता ब्यक्त गरेको छ । साउन ५ गते देखि ७ गतेसम्म रुपन्देहीको मंगलापूरमा सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव टोप अस्लामीले मुलुक श्रीलंकाको बाटोतर्फ लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै झ्याली पिट्नुको साटो त्यसलाई रोक्नेतर्फ आवश्यक कदम चाल्नुपर्ने उनको भनाई छ । भ्रष्टाचारकै कारण मुलुक आर्थिक संकटमा फस्न लागेको भन्दै महासचिव अस्लामीले भ्रष्टाचारलाई राज्यद्रोह सरहको अपराध मानेर सर्वस्वसहित जन्मकैदको सजाय हुने ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।
स्थानीय तहको निर्वाचनको समिक्षा गर्नुका साथै बैठकले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई नयाँ बैकल्पिक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने बिषयमा ब्यापक छलफल भएको महासचिव अस्लामीले बताए ।
बैठकबाट आगामी संसदीय निर्वाचनमा जनमुक्तिलाई संस्थागत शक्ति बनाउनका लागि ५ आधार तयार पारिएको पार्टीले जनाएको छ । नयाँ बैकल्पिक शक्तिको रुपमा उदाउनका लागि ५ आधार प्रस्तुत गर्दै निर्णय गरेको छ ।
नियन्त्रण बाहिरको भ्रष्टाचार, परनिर्भर राष्ट्रिय अर्थतन्त्र, चरम व्यापार घाटाको अवस्था, स्वदेशमा रोजगारको अवस्था नगण्य, असंलग्न परराष्ट्र नीतिमाथि प्रहार, कमजोर अनि निरीह बनाईएको राष्ट्रिय अडान र श्रीलङ्काको बाटोमा अर्थतन्त्र ओरालो लाग्नु देशको जल्दोबल्दो समस्या बनेको यी र यस्ता समस्या समाधानको लागि वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक रहेको बैठकको निष्कर्ष रहेको महासचिब अस्लामीले बताए ।
प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि मित्र शक्तिहरुसँग सहकार्य आवश्यक रहेको भन्दै बैठकले जल्दोबल्दो राष्ट्रिय समस्या समाधानका लागि पार्टीले आफ्नै जोडबलमा पनि अभियान÷आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
यस्तै भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिदै बैठकले आगामी निर्वाचनका लागि विदेशमा रहेका नेपालीहरुका हकमा इ–भोटिङ्ग को व्यवस्था गर्न माग गरिएको छ ।
थ्रेसहोल्ड राजनीतिक निषेधको हतियार र लोकतन्त्र विरोधी व्यवस्था भएको भन्दै बैठकले उक्त प्रावधान हटाउन पनि माग गरेको छ । अमेरिकी सरकारलाई एसपीपी सम्झौता अस्वीकार गरेको विषयमा तत्काल पत्राचार गर्न समेत जनमुक्तिको माग छ ।
यस्तै आगामी निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनका लागि पार्टी अध्यक्ष–कार्यकारी अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी पदेन सदस्य र प्रदेश अध्यक्ष तथा जनसंगठनका केन्द्रीय अध्यक्षहरु आमन्त्रित सदस्य रहने गरी निर्वाचन निर्देशक समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले पार्टीका विभिन्न विभाग ईन्चार्ज समेत तोकेको छ । पार्टीको संगठन विभाग प्रमुखमा महासचिव टोप अस्लामी (प्रमुख), सदस्यहरुमा क्रमशः सचिव मोजीव अली, सचिव गजेन्द्र आङ्बुहाङ्ग, संघीय परिषद सदस्यहरु क्रमशः धनी आले, राम इक्बाल मण्डल, लक्ष्मण पुन, टीपु सुल्तान, र जीवनपति श्रेष्ठ रहेका छन् ।
यस्तै प्रशिक्षण विभागमा उपाध्यक्ष विदु प्रकाश कायस्थ (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव पूर्ण ब. राना र संघीय परिषद सदस्यहरु क्रमशः अधिवक्ता बालिशोर राना रहेका छन् ।
प्रचार विभागमा उपाध्यक्ष बलदीप राई (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव गजेन्द्र आङ्बुहाङ्ग, सचिव मोजीव अली, संघीय परिषद सदस्यहरु क्रमशः राम इक्बाल मण्डल, मधु राना, टीपु सुल्तान रहेका छन् भने अर्थ विभागमा कोषाध्यक्ष मान ब. राई (प्रमुख), डिके सूर्यवंशी (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः अशोक पुन, मोहन तिमिल्सेना, धन बहादुर गुरुङ्ग, अरमान अन्सारी, कलावती पुन रहेका छन् ।
त्यस्तै अनुशासन विभागमा उपाध्यक्ष हाजी डा. मोहम्मद हसन (प्रमुख), उपाध्यक्ष भीम ब. राना (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः हरिदेव थापा, अशोक पुन, ज्ञान ब. गुरुङ्ग, जनसंगठन विभागमा उपाध्यक्ष रविन्द्र उच्च नेपाली (प्रमुख), उपाध्यक्ष मनीराम चौलागाई (उपप्रमुख) रहका छन् ।
संघीय परिषदका वरिष्ठ सदस्य हस्त ब. थापालाई संघीय महासभाका लागि ईञ्चार्ज तोकिएको छ । संघीय महासभा सदस्य केहर सिंह राना (नवलपरासी सुस्ता पूर्व) र बल बहादुर राना (बाँके) लाई संघीय परिषद सदस्यमा मनोनयन गरिएको जनाइएको छ ।
पार्टीका संघीय परिषद सचिव गीता सारूको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...