लिम्बुवान, किरात प्रदेश नभए प्रदेश १ मा आन्दोलन नरोक्ने चेतावनी

 लिम्बुवान न्युज
                       


बिराटनगर, १० साउन । यतिवेला प्रदेश नं. १ को नामाकरणको सवालमा आन्दोलन चर्किएको छ । ७ वटा प्रदेश मध्ये अब प्रदेश नं. १ को नामाकरण हुन बाँकी रहँदा प्रदेश सरकारलाई नाम राख्ने चुनौती थपिएको छ ।

प्रदेशको नाम भूगोल कि पहिचान या बहुपहिचान भन्नेमा दलहरु विभाजित हुँदा प्रदेश नामाकरण पेचिलो बन्दै गएको छ । लामो समय देखि प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्छ भनेर लिम्बुवान आन्दोलन चलिरहँदा यतिबेला प्रदेशको नाम लिम्बुवान, किरात प्रदेश राख्नु पर्ने माग राख्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समिति ३५ वटा विभिन्न राजनीतिक दल र संघसंस्थाहरु एकजुट भई आन्दोलित भएका छन् ।

साउन ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अघि धर्ना र ¥याली सहित प्रदेश संसद सचिवालय भवनमा समेत प्रदर्शन गर्दै कोणसभा गरेको संघर्ष समितिले मंगलबार संसद सचिवालय अघि धर्ना दिएको छ । संघर्ष समितिका नेताहरूले प्रदेशकाे नाम लिम्बुवान, किरात नभए आन्दोलन नराेक्ने चेतावनी समेत दिएका छन् ।

धर्ना कार्यक्रममा बरिष्ठ पत्रकार तथा लिम्बुवान अभियन्ता भवानी बरालले लिम्बुवान, किरात प्रदेश नामाकरण नभएमा स्थायी शान्ति नहुने बताए । ऐतिहासिक थातथलोको आधारमा लिम्बुवान हुनुपर्ने जिकीर गर्दै बरालले १४ वटा जिल्लालाई एउटै प्रदेश बनाएपछि लिम्बुवान, किरातको विकल्प नभएको बताए ।

बरिष्ठ पत्रकार बरालले हामी सडकमा रहरले आएको होइन राजनीतिक बिज्ञानले, राजनितिक भाषाले, राजनितिक पहिचानले गर्दा आएको बताए । उनले भने, ‘हामीलाई सडक प्यारो लाग्छ । हामीलाई पहिचान सहितको लिम्बूवान, किरात चाहिन्छ ।’

सामाजिक अभियन्ता विक्रम वनेमले ‘प्रदेश १ को नामाकरण लिम्बूवान, किरात हुन सक्दैन भने अरु केहि केहिपनि हुन सक्दैन ।’ उनले भने, ‘हामीले कहिले सम्म अधिकार मागि रहने, अवत माग्ने होइन, लिम्बूवानको कित्ता काट गर्नुपर्छ ।’ उनले भने, ‘प्रदेश १ को नामाकरण लिम्बूवान, किरात भएन भने मर्न र मार्न पनि तयार छौं । भोलि लिम्बूवान किरात हुन सकेन भने हाम्रो साथमा बन्दुक पनि हुन सक्छ ।’ वनेमले भने, ‘यो मुलुकलाई लिम्बूवान चाहिन्दैन भने, लिम्बूवानलाई पनि यो मुलुक चाहिदैन ।’

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ्ले प्रदेश नं. १ को नाम सर्वसहमतिमा पहिचानको आधार लिम्बुवान, किरात नभए आत्मादाह गर्न समेत पछि नपर्ने बताए । हिजो देखि उठेको लिम्बुवान, किरातको आन्दोलनलाई छलफल बहस नगरी ठूला दल एमाले, कांग्रेसहरुले लिम्बुवानको कुरालाई सम्बोधन नगरी कोशी, सगरमाथाको गन्ध आईरहेको छ यसमा हाम्रो आपत्ति रहेको छ । उनले भने, लिम्बुवान र किरात उठाउँदा जातिय गन्ध दिने कार्य तत्काल बन्द पर्छ ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य जेन्टल लावती, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका कमलसिंग योञ्जन, लिम्बुवान मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई लगायतका बक्ताहरुले आ–आफ्ना विचारहरु व्यक्त गरेका थिए भने युवा कवि साङ्सेन पन्धाकले पहिचानवादी चोटिला कविता वाचन गरेका थिए ।

भूगोल र पहिचानको चेपुवामा परेको प्रदेश १ को नामाकरणको विषयलाई लिएर पछिल्लो समय पहिचानवादी विभिन्न सङ्गठनहरुले दैनिक जस्तो सडक आन्दोलन गरिरहेको बेला प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै लिम्बुवान किरात संयुक्त सङ्घर्ष समितिले प्रदेश सभा अगाडि जातीय भेषभूषा सहित धान नाच, केलाङ (च्याब्रुङ) नाचेर प्रदर्शनी गरेका छन् ।

प्रदेश १ को नामकरण लिम्बुवान, किरात प्रदेश राख्नु पर्ने माग राख्दै एक बर्ष अघि किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न ३५ वटा राजनीतिक दल, संघसंस्थाहरु सम्मीलित समितिले साझा मुद्दाको रुपमा लिम्बुवान, किरात हुनु पर्ने अडान राख्दै मंगलबार धर्ना कार्यक्रमको आयोजना गरेको हो ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;