लिम्बु कथानक चलचित्र “थिम“को पोस्टर सार्वजनिक सँगै चर्चा शुरु

,   लिम्बुवान न्युज
                       


दमक, ११ साउन । लिम्बू कथामा आधारित नेपाली चलचित्र ‘थिम’को यतिबेला पहिलो तस्बिर सार्वजनिक भएको छ । दुधेमा भएको एक कार्यक्रममा तस्बिर सार्वजनिक गर्दै यो चलचित्रको चर्चा शुरु भएको हो ।

याक्थुङ् फिल्मस प्रा.लि.को ब्यानमा निर्माण गरिएको चलचित्र आउँदो भदौ महिनामा रिलिज हुने भएको छ । चलचित्रमा लिम्बू सांस्कृतिक कथालाई समेटिएको छ । कथा बस्तु अत्यन्तै उत्कृष्ट भएको भन्दै चलचित्रको चौतर्फी चर्चा चुलिरहँदा चलचित्रका लेखक सागर केरुङ् चलचित्र साच्चिकै उत्कृष्ट बनेको जिकीर गर्छन् । लिम्बु मौलिक कथालाई सरल ढंगबाट चलचित्रमा उठान गरिएको उनले भने ।

पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायांकन गरिएको चलचित्रको निर्देशक यलम्बर खम्बुले गरेका छन् । यस्तै मुख्य साहायक निर्देशक दिनेश माङ्मु, डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् । निर्देशक खम्बू लामो समय देखि पहिचान, संघीयता र जातीय आन्दोलनमा जोडिएका व्यक्तित्व हुन् । कलामा रुची रहेता पनि पहिचानको आन्दोलनमा तीन दशक देखि निरन्तर सकृय छन् ।

बिक्रम डिसिले छायांकन गरेको चलचित्रको ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य निर्देशक दिनेश माङ्मु, सहायक नृत्य निर्देशक निङ्वा नेम्बाङ, नृत्य बरदान संगीतालय, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बू, स्वर मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम, सुजन आङ्देम्बे, शृङ्गार सन्तोस रिजाल, प्रकाश मिलन खड्का, ब्यवस्थापक सुबास केरुङ नुनाम, पृष्ठभूमि ध्वनी÷ध्वनी मिश्रण मनि ताम्लिङ र सम्पादन÷रङ् सयोजन र पोस्टर डिजाइन अनिल कुमार महर्जन रहेका छन ।

लेखक सागर केरूङ, चलचित्र निर्देशक यलम्बर खम्बु (आईदेब राई), कृष्णराज नेम्बाङ, भोजराज साँबाले चलचित्र निर्माण गरेका हुन । चलचित्रको सहायक निर्मातामा सुकुमर मेचे, डिबि खुदाङ, मानबहादुर साबा र नन्दुभाई मेन्याङ्बो छन् ।

चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, यलम्बर खम्बू, रतन सिगु, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, आधार घिमिरे, भीमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिवस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई, राजकुमार इम्बुङ, मनिहाङ इम्बुङ, रामकुमार चाम्लिङ, मनाहाङ खेवाङ, लक्ष्मी माया बेघा खुदाङ, डिल्ली राम खुदाङ, धनबहादुर खुदाङ, बलबहादुर खुदाङ, जितबहादुर खुदाङ्ग लगायतले अभिनय गरेका छन् ।

शिवसताक्षी दुधेस्थित सैनिक भवनमा लिम्बु चलचित्र थेत्लङ फिल्म प्रर्दशनका क्रममा किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहङ फियाक, चेम्जोङ बशावाली उत्थान संघका महासचिब जितेन्द्र चेम्जोङ, शिव सतासी ०७ नम्बर वडा अध्यक्ष भवानी चेम्जोङ, भुपू सैनिक संघका सभापति डम्बरसिङ आङ्देम्बे, समाजसेबी तुला बखिम, प्रेम सेर्मा, शिव मेन्यङ्बो, नायिका बिमला खजुम र थेत्लङ फिल्मको निर्माता तथा युबा गायक मनि ताम्लिङले सामुहिक रूपमा तस्बिर सार्वजनिक गरेका थिए ।

 

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;