पोक्लाबाङ यकको कार्यालय संचालनमा

 लिम्बुवान न्युज
                       


तेह्रथुम, १५ साउन । पोक्लाबाङ यक माङगेना लुङधुङ थामरुङ फेदापले आफ्नो कार्यालय संचालनमा ल्याएको छ । बिगत एक बर्ष अघि दर्ता भएको संस्थाले फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा शनिबार देखि कार्यालय संचालनमा ल्याईएको हो ।

लिम्बु जातिको माङगेना यकसंग जोडिएका विभिन्न ऐतिहासिक, पुरातात्विक स्थल गढहरु तथा साँस्कृतिक, भाषिक, साहित्यिक संरक्षण प्रबर्द्धन साथै पर्यटन बिकास एवंम् सामाजिक क्षेत्रहरुमा कार्य गर्ने उदेश्यले कार्यालय संचालनमा ल्याएको छ ।

यस संस्थाले दर्ता पछि विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ । पुरानो फेदापमा रहेका १८ थरी लिम्बुहरुको प्रतिनिधि मुलक संस्थाको रूपमा स्थापना भएको यश संस्थाको कार्यक्षेत्र हाल तेह्रथुम जिल्ला भरी रहेको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...