आङ्बोकाे नेतृत्वमा प्रदेश १ मा नयाँ गठबन्धन सरकार बन्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं, १७ असार ।  प्रदेश १ मा हिक्मत कार्की नेतृत्वको नेकपा एमालेको सरकार ढलेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । शुक्रबार विश्वासकाे मत गुमाएसँगै कार्की नेतृत्वको सरकार ढलेकाे हाे ।

गठबन्धन दल नयाँ सरकार गठनका लागि छलफलमा जुटेको छन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरे लगत्तै गठबन्धन दलले दाबी गर्ने जनाएको छ ।

शुक्रबार भएको विश्वासको मत विभाजनका क्रममा कार्कीले प्रस्ताव गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा ४६ मत खसेपछि कार्की सरकार ढलेको हो ।

एक नेताका अनुसार नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार गठनका लागि गठबन्धनले तयारी गरेको छ । ति नेताले भने– ‘नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धन दलबीच आधारभूत रूपमा सहमति भएको छ । अहिलेकै सन्दर्भमा आङ्बोजीको नेतृत्वमा सरकार गठन गर्ने आधारभूत सहमति जुटेको छ । तर, यो नै हाे भन्ने होइन ।’

आङ्बोको नेतृत्वमा सरकार गठन हुने अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दा तटस्थ बसेको जनता समााजवादी पार्टी (जसपा)ले समर्थन गर्ने जनाएको छ । जसपाका केन्द्रीय सदस्य लाेकसागर साम्बाका अनुसार काेशी खारेजी र पुनः नामाङकनकाे लागी जुन पक्षले सहमती गर्छ उसलाइ समर्थन गर्ने वताए ।

त्यसै गरी, मुख्यमन्त्रीमा आलोपालो हुने अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत समर्थन गर्न सक्ने स्राेतले जनाएकाे छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...