यूकेमा सिसेक्पा तङ्नाम मनाइयाेः प्रदेश १ काे नाम काेशी खारेजीकाे लागी अपिल -अध्यक्ष येक्तेन

 लिम्बुवान न्युज
                       

साउन १, यूके । याक्थुङ लिम्बुहरूकाे मौलिक सास्कृतिक पर्व सिसेक्पा तङनाम ५०८३ को अवसरमा युकेमा भव्य कार्यक्रम सम्पन्न भएकाे छ । किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाइ सम्बाधेन गर्दै अध्यक्ष येक्तेनले प्रदेश १ काे नाम काेशी खारेजी अान्दाेलनमा प्रवासबाट साथ सहयाेग पाइरहेकाे अवगत गराउँदै अान्दाेलनलाइ थप सहयाेग गर्न अपिल गरेका छन् । पहिचानविराेधी दलले दम्भकाे अाधारमा काेशी नाम राखेकाे हुँदा त्यसलाइ परास्त गर्न देशविदेशमा रहेकाे प्रदेश १ वासीहरू एक हुन अध्यक्ष येक्तेनले अपिल गरेका छन् ।

यसरी नै उक्त कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेद्वारा गठित किरात साम्यो साक्थिम्गेन पान्जुम्भो (सास्कृतिक समिति) युकेले माङलाङ प्रस्तुत गरेको छ ।

किरात याक्थुङ चुम्लुङ युकेले वार्षिक रुपमा आयोजना गर्दै आएको सिसेक्पा तङनामको अवसरमा १५ जुलाई २०२३ मा आयोजित भव्य कार्यक्रममा माङलाङ नाँचेर सिसेक्पा तङनाम मनाइएको हो ।

निर्मल पतङवाको अध्यक्षतामा गठित किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेले मौलिक भेषभुषा सहित पहिलो पटक ओैपचारिक रुपमा कलाकारहरुबाट माङलाङ नृत्य प्रस्तुत गरिएको हो ।

विगतका बर्षहरुमा माङलाङ प्रस्तुत गरिएता पनि समिति गठन भएको थिएन । साक्थिम्गेन समिति गठन पछिको यो पहिलो माङलाङ प्रस्तुति रहेको माङलाङ सहजकर्ता ज्ञानु फुरुम्बो चरपेले बताउनु भयो ।

माङसेवा गर्दा च्याब्रङ र छ्रेङमुकको तालमा नाच्दा हिममाङ, युमा, थेवा माङ खुशी हुने भएकोले यसलाई माङलाई स्वागत गरिने भएकोले माङलाङ भन्ने गरिएको माङलाङ सहजकर्ता फुरुम्बोको भनाई छ । सिसेक्पा तङनाममा पनि विशेष प्राकृतिक पुजा सेवा गरिन्छ यस्ता महत्वपूर्ण कार्यक्रममा माङलाङ नाच्ने चलन रहेको छ ।

सुरुमा कलाकारहरुले किरात याक्थुङ लिम्बुहरुको मौलिक पोषाक तागाबा र मेख्लि लगाएर माङलाङ नृत्यलाई अघि बढाएको थियो । सो कार्यक्रममा माङलाङ नाच्ने दर्शकहरुको घुईचो अत्यधिक बढेको किरात धर्मावलम्बीहरुको भनाई छ ।

माङलाङ नृत्यमा प्रिया खिम्दिङ, पर्बत राई, मुक्कुम खजुम, अनिता लिङदेन, श्रीजु राई, इक्सा पतङवा, सिङलाहाङ पतङवा, हाङसाङ पतङवा, मणि चोङवाङ, बिक्रम ओख्राबु लगायत कलाकारहरुको सहभागिता रहेको थियो ।

दर्शकहरुको अथाह माया र हौसला पाउँदा पाउदै समयलाई मध्यनजर गर्दै माङलाङ नृत्य विर्सजन गरिएको आयोजकले जनाएको छ । माङलाङ नृत्य समाप्न पछि किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङ र सचिव लाल लिङदेनहरुले कलाकारहरुलाई बधाई साथै हौसला दिएका थिए भने सल्लाकार मंगलसिं लिङदेनले अभिभावकत्व निभएका थिए ।

कार्यक्रममा कलाकारहरुलाई खानापिनका लागि डम्बर खजुमले सौजन्य गर्नुभएको थियो । भने जितेन्द्र चेम्जोङबाट कलाकार ओसार पसारका लागि सवारी साधन सौजन्य गर्नु भएको थियो ।

किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरवीर आङ्बोको अध्यक्षता अायाेजित उत्त कार्यक्रममा विभिन्न संघ सस्थाबाट आमन्त्रित अतिथि लगायत बेलायतको विभिन्न सहर निवासी मान्यजन त्तुतुगेन तुम्याहाङ, याक्लागेन सुहाङमा, नालिगेन थाङ्बेन, सिसागेन मेन्छिनहरुको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा नेपालबाट गएका कलाकारहरू धिरज राइ, भिषण मुकारूङ लगायत कलाकारहरूले समेत प्रस्तुति दिएका थिए ।

युकेमा साक्थिम्गेन पान्जुम्भो गठन

निर्मल पतङवाको अध्यक्षतामा गठन गरिएको किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको समितिमा ज्ञानु फुरुम्बो, निराज माबोहाङ, प्रिया खिम्दिङ, पर्बत राई, मुक्कुम खजुम, अनिता लिङदेन, श्रीजु राई, इक्सा पतङवा रहनु भएको छ ।

त्यसैगरी सिङलाहाङ पतङवा, हाङसाङ पतङवा, मणि चोङवाङ, बिक्रम ओख्राबु, रोश्नी सिंथेबे, समिर पतङवा, उत्तर पतङवा, नारायण बेघा, हरी बखिम, मन्दीरा लाओती फेवादिन लगायत रहनु भएको छ ।

पान्जुम्भोको सल्लाहकार समिति राजेन्द्र खिम्दिङ, केवाहाङ चेम्जोङ, गोबिन्द मादेन, डम्बर खजुम, मंगलसि लिङदेन, प्रेम पाहिम, सान्ता सेनेहाङ थाङदेन, चन्द्रकला आवाजङ लगायत रहनु भएको छ ।

सम्बन्धित समाचार

दमकमा राष्ट्रियस्तरको ब्याटमिन्टन खेल हुँदै

दमक, ५ पुस /झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।बुधबार नमूना कवडहलमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता बारे जानकारी गराएको हो । दमक ७ मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ र १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको छ । दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा ७ विधाका खेल हुने र ४ सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबल, खुल्ला महिला डबल,प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल र प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला गरी सात विधाका खेल रहेको छ । प्रतियोगिताको पुरस्कार राशि जम्मा ६ लाख ६५ हजार रहेको छ । खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार र तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार र ३१ हजार पाउनेछन् । यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार र २१ हजार रहेको छ । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला खेलमा १० हजार, ६ हजार र ६ हजार पुरस्कार रहेको छ ।   प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको छ । आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् ।खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ । सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ ।खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ ।

मिक्सन मिभक मञ्चको मोरङ अध्यक्षमा निर्वाचित

दमक,५ पुस । मोरङका शसक्त पहिचानवादी युवा नेता मिक्सन मिभक संघीय लिम्बुवान प्रान्तीय मञ्च मोरङको छैटौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन् ! मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले मिभकको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको...

दमकमा राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने 

दमक । झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । दमक ७ मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ र १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको छ । दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा ७ विधाका खेल हुने र ४ सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल र प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला गरी सात विधाका खेलरहेको छ । प्रतियोगिताको पुरस्कार राशि जम्मा ६ लाख ६५ हजार रहेको छ । खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार र तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार र ३१ हजार पाउनेछन् । यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार र २१ हजार रहेको छ । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला खेलमा १० हजार, ६ हजार र ६ हजार पुरस्कार रहेको छ । प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको छ । आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् । खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ । सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ । खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ ।

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...