यूकेमा सिसेक्पा तङ्नाम मनाइयाेः प्रदेश १ काे नाम काेशी खारेजीकाे लागी अपिल -अध्यक्ष येक्तेन

 लिम्बुवान न्युज
                       

साउन १, यूके । याक्थुङ लिम्बुहरूकाे मौलिक सास्कृतिक पर्व सिसेक्पा तङनाम ५०८३ को अवसरमा युकेमा भव्य कार्यक्रम सम्पन्न भएकाे छ । किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाइ सम्बाधेन गर्दै अध्यक्ष येक्तेनले प्रदेश १ काे नाम काेशी खारेजी अान्दाेलनमा प्रवासबाट साथ सहयाेग पाइरहेकाे अवगत गराउँदै अान्दाेलनलाइ थप सहयाेग गर्न अपिल गरेका छन् । पहिचानविराेधी दलले दम्भकाे अाधारमा काेशी नाम राखेकाे हुँदा त्यसलाइ परास्त गर्न देशविदेशमा रहेकाे प्रदेश १ वासीहरू एक हुन अध्यक्ष येक्तेनले अपिल गरेका छन् ।

यसरी नै उक्त कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेद्वारा गठित किरात साम्यो साक्थिम्गेन पान्जुम्भो (सास्कृतिक समिति) युकेले माङलाङ प्रस्तुत गरेको छ ।

किरात याक्थुङ चुम्लुङ युकेले वार्षिक रुपमा आयोजना गर्दै आएको सिसेक्पा तङनामको अवसरमा १५ जुलाई २०२३ मा आयोजित भव्य कार्यक्रममा माङलाङ नाँचेर सिसेक्पा तङनाम मनाइएको हो ।

निर्मल पतङवाको अध्यक्षतामा गठित किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेले मौलिक भेषभुषा सहित पहिलो पटक ओैपचारिक रुपमा कलाकारहरुबाट माङलाङ नृत्य प्रस्तुत गरिएको हो ।

विगतका बर्षहरुमा माङलाङ प्रस्तुत गरिएता पनि समिति गठन भएको थिएन । साक्थिम्गेन समिति गठन पछिको यो पहिलो माङलाङ प्रस्तुति रहेको माङलाङ सहजकर्ता ज्ञानु फुरुम्बो चरपेले बताउनु भयो ।

माङसेवा गर्दा च्याब्रङ र छ्रेङमुकको तालमा नाच्दा हिममाङ, युमा, थेवा माङ खुशी हुने भएकोले यसलाई माङलाई स्वागत गरिने भएकोले माङलाङ भन्ने गरिएको माङलाङ सहजकर्ता फुरुम्बोको भनाई छ । सिसेक्पा तङनाममा पनि विशेष प्राकृतिक पुजा सेवा गरिन्छ यस्ता महत्वपूर्ण कार्यक्रममा माङलाङ नाच्ने चलन रहेको छ ।

सुरुमा कलाकारहरुले किरात याक्थुङ लिम्बुहरुको मौलिक पोषाक तागाबा र मेख्लि लगाएर माङलाङ नृत्यलाई अघि बढाएको थियो । सो कार्यक्रममा माङलाङ नाच्ने दर्शकहरुको घुईचो अत्यधिक बढेको किरात धर्मावलम्बीहरुको भनाई छ ।

माङलाङ नृत्यमा प्रिया खिम्दिङ, पर्बत राई, मुक्कुम खजुम, अनिता लिङदेन, श्रीजु राई, इक्सा पतङवा, सिङलाहाङ पतङवा, हाङसाङ पतङवा, मणि चोङवाङ, बिक्रम ओख्राबु लगायत कलाकारहरुको सहभागिता रहेको थियो ।

दर्शकहरुको अथाह माया र हौसला पाउँदा पाउदै समयलाई मध्यनजर गर्दै माङलाङ नृत्य विर्सजन गरिएको आयोजकले जनाएको छ । माङलाङ नृत्य समाप्न पछि किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङ र सचिव लाल लिङदेनहरुले कलाकारहरुलाई बधाई साथै हौसला दिएका थिए भने सल्लाकार मंगलसिं लिङदेनले अभिभावकत्व निभएका थिए ।

कार्यक्रममा कलाकारहरुलाई खानापिनका लागि डम्बर खजुमले सौजन्य गर्नुभएको थियो । भने जितेन्द्र चेम्जोङबाट कलाकार ओसार पसारका लागि सवारी साधन सौजन्य गर्नु भएको थियो ।

किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरवीर आङ्बोको अध्यक्षता अायाेजित उत्त कार्यक्रममा विभिन्न संघ सस्थाबाट आमन्त्रित अतिथि लगायत बेलायतको विभिन्न सहर निवासी मान्यजन त्तुतुगेन तुम्याहाङ, याक्लागेन सुहाङमा, नालिगेन थाङ्बेन, सिसागेन मेन्छिनहरुको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा नेपालबाट गएका कलाकारहरू धिरज राइ, भिषण मुकारूङ लगायत कलाकारहरूले समेत प्रस्तुति दिएका थिए ।

युकेमा साक्थिम्गेन पान्जुम्भो गठन

निर्मल पतङवाको अध्यक्षतामा गठन गरिएको किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको समितिमा ज्ञानु फुरुम्बो, निराज माबोहाङ, प्रिया खिम्दिङ, पर्बत राई, मुक्कुम खजुम, अनिता लिङदेन, श्रीजु राई, इक्सा पतङवा रहनु भएको छ ।

त्यसैगरी सिङलाहाङ पतङवा, हाङसाङ पतङवा, मणि चोङवाङ, बिक्रम ओख्राबु, रोश्नी सिंथेबे, समिर पतङवा, उत्तर पतङवा, नारायण बेघा, हरी बखिम, मन्दीरा लाओती फेवादिन लगायत रहनु भएको छ ।

पान्जुम्भोको सल्लाहकार समिति राजेन्द्र खिम्दिङ, केवाहाङ चेम्जोङ, गोबिन्द मादेन, डम्बर खजुम, मंगलसि लिङदेन, प्रेम पाहिम, सान्ता सेनेहाङ थाङदेन, चन्द्रकला आवाजङ लगायत रहनु भएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...