काेशी नाम खारेजीकाे मुद्दा संयुक्त राष्ट्र संघमा

 लिम्बुवान न्युज
                       

काठमाडाैं, २ साउन । संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र (EMRIP )को जेनेभा स्थित महासभामा नेपालको आदिवासी अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बुले  प्रदेश १ काे नाम कोशी खारेजीको शान्तिपूर्ण आन्दोलनमा राज्यले गरेको दमन बारे सभालाई जानकारी गराएका छन् ।

अधिवक्ता लिम्बुले कोशी खारेजीको शान्तिपूर्ण आन्दोलनमा भइरहेको मानव अधिकार हनन् , अधिक संख्यामा देशभरबाट सुरक्षाकर्मी केन्द्रीकृत गरी हतियारसहित परिचालन गरिएको बिषयलाई महासभामा प्रवेश गराइ सैन्यकरण र आदिवासी अधिकारबारे छलफल भैरहेको बताए ।

नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समुह (लार्हुनिप)मा अबद्ध अधिवक्ता लिम्बुले आदिवासीहरूको हक र अधिकारमा लामो समयदेखि निःशुल्क कानुनी सहायत गर्दै आएका छन् । यसैगरि लिम्बु एसिया इन्डिजेनस पीपल्स प्याक्ट (एआईपीपी) फाउन्डेसनमा कार्यकारी समिति सदस्य हुन् ।

अधिवक्ता लिम्बु नेपालबाट जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र सभाको लागि असार ३० मा स्विजरल्याण्ड प्रस्थान गरेका हुन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;