काेशी नाम खारेजीकाे मुद्दा संयुक्त राष्ट्र संघमा

 लिम्बुवान न्युज
                       

काठमाडाैं, २ साउन । संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र (EMRIP )को जेनेभा स्थित महासभामा नेपालको आदिवासी अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बुले  प्रदेश १ काे नाम कोशी खारेजीको शान्तिपूर्ण आन्दोलनमा राज्यले गरेको दमन बारे सभालाई जानकारी गराएका छन् ।

अधिवक्ता लिम्बुले कोशी खारेजीको शान्तिपूर्ण आन्दोलनमा भइरहेको मानव अधिकार हनन् , अधिक संख्यामा देशभरबाट सुरक्षाकर्मी केन्द्रीकृत गरी हतियारसहित परिचालन गरिएको बिषयलाई महासभामा प्रवेश गराइ सैन्यकरण र आदिवासी अधिकारबारे छलफल भैरहेको बताए ।

नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समुह (लार्हुनिप)मा अबद्ध अधिवक्ता लिम्बुले आदिवासीहरूको हक र अधिकारमा लामो समयदेखि निःशुल्क कानुनी सहायत गर्दै आएका छन् । यसैगरि लिम्बु एसिया इन्डिजेनस पीपल्स प्याक्ट (एआईपीपी) फाउन्डेसनमा कार्यकारी समिति सदस्य हुन् ।

अधिवक्ता लिम्बु नेपालबाट जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र सभाको लागि असार ३० मा स्विजरल्याण्ड प्रस्थान गरेका हुन् ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...