‘जारी’ले १०० दिन मनाउँदै

,   लिम्बुवान न्युज
                       

 

काठमाडाैं, ३ साउन ।  केही दशक अघि नेपाली चलचित्रका लागि प्रदर्शनको एकाउन्नौं र सय दिन सामान्य मानिन्थ्यो । न्यून संख्यामा फिल्म बन्ने हुँदा प्रायः फिल्म हलमा लामो समयसम्म टिक्थे । तर, डिजिटल युगको प्रारम्भसँगै नेपाली फिल्मको आयू एक हप्तामा आइपुगेको छ । यद्यपि, वर्षमा एकाध फिल्मले प्रदर्शनको ५१औं दिन मनाउने गरेका छन् । प्रदर्शनको सय दिन त विस्तारै एकादेशको कथाझैं हुन थालेको छ ।

यसबीच लिम्बु कथामा बनेकाे चलचित्र ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाउने भएको छ । यसअघि २०७५ सालमा दुईवटा हलमा चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको सय दिन मनाएको थियो । गत बैशाख १ गते प्रदर्शनमा आएको ‘जारी’ले ब्लकबस्टर व्यापार गर्दै सय दिनको यात्रा तय गर्न लागेको हो ।

काठमाडाैं स्थित नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा ‘जारी’ले सय दिन मनाउने निश्चित भएकाे छ ।

मंगलबार ९६औं दिनमा प्रदर्शनरत फिल्मलाई क्यूएफएक्स चेनले यतिबेला प्रत्येक दिन १ शो दिइरहेको छ । साउन ६ गते फिल्मले प्रदर्शनको सय दिन मनाउनेछ । ठूला विदेशी र स्वदेशी फिल्मका बावजूद ‘जारी’ले सय दिन मनाउन लाग्नु आफैंमा ठूलो उपलब्धि हो । चलचित्रका वितरक मनोज राठीले ८०/९० दिनसम्म पोखरा, चितवन, विर्तामोडका हलहरुले पनि चलचित्र प्रदर्शन गरेको बताएका छन् ।

विदेशी भूमिमा समेत आक्रामक कमाई गरेको फिल्मले सोमबार दार्जिलिङमा प्रदर्शनको ५१औं दिन मनाएको जानकारी प्राप्त छ । पहिलो पटक भारतमा नेपाली फिल्मले यो इतिहास रचेको हो । उपेन्द्र सुब्बाको निर्देशन तथा राम बाबु गुरूङले निर्माण गरेकाे जारी चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बालगायतको अभिनय छ । फिल्मले घरेलू बजारमा साढे १४ करोड भन्दा बढीकाे व्यापार गरेकाे छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;