दमक, ५ साउन । सिङ्गिङ् रियालीटी सो मेरो भ्वाइस युनिभर्षको टप २० सम्मको यात्रा तय गरेका दर्शक स्रोताको मनमा बस्न सफल गायक चोत्लुङहाङ केदेम लिम्बूको मनमोहक आवाजमा लिम्बू भाषाको प्रेमिल गीत ‘मिम् मेत्ने’ सार्वजनिक गरिएको छ ।
सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शब्द, गायक तथा संगीतकार कमल रसाइलीको संगीतमा गायीका थोकफेला लिङदेनको समेत आवाज रहेको फरक शैलिमा तयार पारिएको गीत ‘मिम् मेत्ने’ सार्वजनिक गरिएको हो ।
थोकफेला गार्मेन्ट(बुटिक एण्ड कलेक्सन)को प्रस्तुतिमा टेकेन्द्र यक्सोको संगीत संयोजन तथा सुरेश राईको रेकर्डिङ रहेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।
माया गर्छु प्रियसी आफु भन्दा धेरै, साथ दिन्छु प्रियसी घाम जुन रहेसम्म भन्ने भाव बोकेको गीतमा केदेम संगै थोकफेला लिङदेनले फिचरिङ गरेको भिडियोलाई इसाक जबेगुले छायांकन तथा सम्पादन गरेका हुन् ।
सुनिता किरातीको मेकअप र नर्वु तामाङको सहायक छायांकन रहेको भिडियो थोकफेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...