नाउपा(एकीकृत) लिम्बुवान अध्यक्षमा भुपेन्द्र मावो

 लिम्बुवान न्युज
                       

प्रथम सम्मेलनबाट १४बुँदे राजनीतिक प्रस्ताव पारित

बिर्तामोड । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले लिम्बुवान प्रान्तीय समिति गठन गरेको छ । शनिबार दमकमा आयोजित ऐतिहासिक प्रथम सम्मेलनले पार्टीका संरक्षक रेशम चौधरीको प्रमुख आतिथ्यतामा भुपेन्द्र माबोको अध्यक्षतामा ५९ सदस्यीय समिति गठन गरेको हो ।

पार्टीको शनिवार दमकमा भएको सम्मेलनले माबोको अध्यक्षतामा समिति गठन गर्नुका साथै १४ बुँदे राजनीतिक प्रस्तावसमेत पारित गरेको छ । पार्टीले आज (आइतबार) बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी सो बिषयमा जानकारी गराएको हो ।

नव गठित समितिको उपाध्यक्षमा डा. रामनारायण कन्दङ्वा, नन्द याम्फु, डा. चैतन्य केदेम, मिना गजमेर, राजेन्द्र दाहाल, प्रेमकुमार सोदेम्बा छन् भने महासचिवद्वय जीतबहादुर राई र योवाहाङ तुम्बाहाम्फे रहेका छन् । त्यस्तै सचिवमा बिजय निङ्लेखु, बिना तामाङ, पञ्च आङदेम्बे र कोषाध्यक्षमा एसबी सोदेम्बा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसरी नै सदस्यहरुमा खोमा धिमाल, हेमराज श्रेष्ठ, रामु साम्सोहाङ, रमला फेम्बु, भिम इवारम, सुमन एक्तेन, जीवन फोम्बो, दिनेश लङ्वा, सुमन चोङ्बाङ, देवराज कुरुम्बाङ, राम नेयोङ, थिर बहादुर खवास, राम लिम्बू, देउमान सेरेङ, देउराज राई, निशा लिम्बू, खड्क माबो, विशाल सावा, राजकुमार योङ्हाङ, मित्र देवान, रिता कटवाल, अमर ब मावो, टेक ब योङ्हाङ, अशोक लिम्बू, चन्द्रमान पदालुङ, प्रेम नेम्बाङ, धनबहादुर यक्सो, जितेन्द्र सेवा, उर्मिला माबो खजुम, अनु इङ्नाम, बिर्ख इङ्नाम, नेत्र खापुङ, प्रताप निङ्लेखु, झगरलाल यादव, निर्भय नारायण मल्लिक, ललित गुरुङ, नुतन आचार्य, मदनकुमार लिम्बू, मधु सम्बाहाम्फे, दिपक लिम्बू, विशाल थाम्सुहाङ, तुलाराम वर्देवा, सुक्र थेगिम, राजकुमार पापो, हरिनारायण चौधरी र तेज नारायण चौधरी रहेका छन् ।

पार्टीका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक अम्बरबहादुर पन्धाकको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङ, उपाध्यक्षहरु अशोक चेम्जोङ, इन्दीरा मेन्याङ्बो, महासचिव दिलकुमार लावती, थारुहटका नेता लक्षमण थारु लगायत नेताहरुको उपस्थिति रहेको पार्टीका केन्द्रिय सचिवालय सदस्य धनबहादुर पन्धाकले जानकारी दिए ।

लिम्बुवान प्रान्तीय समितिले पारित गरेको प्रस्तावमा पहिचान बिहीन प्रदेश १ को नाम कोशी नामाङ्कन खारेज गरी पहिचानमा आधारित पुनः नामाङ्कन, पहिचान आन्दोलनका शहिद लाजेहाङको परिवारलाई क्षतिपूर्ति, पहिचानको आन्दोलनका क्रममा घाइते भएकालाई उपचार खर्च उपलब्ध, आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न माग गरेको छ ।

त्यस्तै संघीयताको मर्म अनुसार केन्द्रिय सरकारमा रहेका अधिकार प्रदेशमा हस्तान्तरण गरी सुशासनको प्रत्याभूति हुने गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न, धर्मनिरपेक्ष राज्य संस्थागत गरी, सर्वधर्म समभाव एवम् एकात्मक जातीबादी राज्य संरचनाबाट संघीय लोकतान्त्रिक राज्य संरचना अनुसारको सामाजिक संरचना निर्माण गर्नुपर्ने लगायत १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

पार्टीका केन्द्रिय सदस्य पन्धाकले संघीयता मोडल कमिङ टु गेदर हुनु पर्नेमा होल्डीङ टु गेदर भएकाले सात प्रदेश बैज्ञानिक नभएको बताए । उनले बैज्ञानिक प्रदेश बनाउनका लागि १० प्लस एक संघीय ढाचालाई पार्टीले अघि सारेको बताए ।

महासचिव योवाहाङ तुम्बाहाम्फेले सहजीकरण गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य चेन्जी मावो, प्रान्तीय समितिका सदस्य बिशाल साँबालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;