यूकेमा राष्ट्रिय पहिचान परिषद गठन

 लिम्बुवान न्युज
                       

ललितपुर, २७ असार । बेलाय यूकेमा बसोबास गर्दै लामो समय लिम्बुवान र पहिचानको लागि सहकार्य गर्दै आएका यूकेबासीहरुले राष्ट्रिय पहिचान परिषद प्रवास समिति यूके गठन गरेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मञ्चको प्रवास संगठनमा रहेका नेताहरुले पार्टी परित्यागको घोषणा गर्दै पहिचानवादी स्वतन्त्र संगठन गठन रहेका हुन् ।
यूकेमा लामोसमयदेखि बस्दै आउनुभएका देवीबहादुर तुम्बाहाम्फेको अध्यक्षतमा परिषद गठन भएको पहिचानवादी नेता चुणमणि तुम्बाहाम्फे बताए ।
जुलाई ६ तारिक घोषणा गरिएको समितिको उपाध्यक्षहरुमा रुपमान कुरुम्बाङ, यदुचन्द्र लावती, कुलदीप राई, कृष्णप्रसाद लिङ्देन, जगत सुहाङ, तेजप्रकाश लावती, खड्गजङ आङ्बुहाङ, रुद्र प्रसाद श्रेष्ठ, राम कुमार पोमु, चन्द्रकला आवाजुङ र हर्कजङ कुरुम्बाङ रहेका छन् । त्यसैगरी महासचिवमा लाल बहादुर लिङ्देन, उपमहासचिवमा दिपक तुम्बापो चयन भएका छन् भने सचिवहरुमा तिलविक्रम तावा, पदम बहादुर तुम्बाहाम्फे, शेर बहादुर इङ्नाम, दल योङ्या, किशोर तिलिङ् चोङवाङ र धन बहादुर मावो चयन भएका छन् ।
समितिको कोषाध्यक्षमा थानकुमान नाल्बो र सहकोषाध्यक्षमा दुर्गा खापुङ् रहेका छन् भने सचिवालय सदस्यहरुमा चुडामणी तुम्बाहाम्फे, टंक खापुङ्, नरबहादुर कुरुम्बाङ्, राम इजम, चन्द्र बहादुर लिङ्देन र कृष्ण कुमार कुरुम्बाङ् चयन भएका छन् ।
सदस्यमा थप मनोनित गर्दै ४५ सदस्यीय समिति गठन हुने राम इजमले लिम्बुवानखबरलाई बताएका छन् । पहिचानको पक्षमा साथ दिने सबै यूकेबासीलाई समेत यो संगठनमा जोड्दै लाने उनले बताए ।
उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय सदस्य तिलविक्रम सम्बाहाम्फे, किरायू यूके अध्यक्ष कृष्णकुमार हेम्ब्या र हेमराज नाल्बो लगायत सामाजिक संघ संस्थाका प्रतिनिधि तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...