यूकेमा राष्ट्रिय पहिचान परिषद गठन

,   लिम्बुवान न्युज
                       

ललितपुर, २७ असार । बेलाय यूकेमा बसोबास गर्दै लामो समय लिम्बुवान र पहिचानको लागि सहकार्य गर्दै आएका यूकेबासीहरुले राष्ट्रिय पहिचान परिषद प्रवास समिति यूके गठन गरेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मञ्चको प्रवास संगठनमा रहेका नेताहरुले पार्टी परित्यागको घोषणा गर्दै पहिचानवादी स्वतन्त्र संगठन गठन रहेका हुन् ।
यूकेमा लामोसमयदेखि बस्दै आउनुभएका देवीबहादुर तुम्बाहाम्फेको अध्यक्षतमा परिषद गठन भएको पहिचानवादी नेता चुणमणि तुम्बाहाम्फे बताए ।
जुलाई ६ तारिक घोषणा गरिएको समितिको उपाध्यक्षहरुमा रुपमान कुरुम्बाङ, यदुचन्द्र लावती, कुलदीप राई, कृष्णप्रसाद लिङ्देन, जगत सुहाङ, तेजप्रकाश लावती, खड्गजङ आङ्बुहाङ, रुद्र प्रसाद श्रेष्ठ, राम कुमार पोमु, चन्द्रकला आवाजुङ र हर्कजङ कुरुम्बाङ रहेका छन् । त्यसैगरी महासचिवमा लाल बहादुर लिङ्देन, उपमहासचिवमा दिपक तुम्बापो चयन भएका छन् भने सचिवहरुमा तिलविक्रम तावा, पदम बहादुर तुम्बाहाम्फे, शेर बहादुर इङ्नाम, दल योङ्या, किशोर तिलिङ् चोङवाङ र धन बहादुर मावो चयन भएका छन् ।
समितिको कोषाध्यक्षमा थानकुमान नाल्बो र सहकोषाध्यक्षमा दुर्गा खापुङ् रहेका छन् भने सचिवालय सदस्यहरुमा चुडामणी तुम्बाहाम्फे, टंक खापुङ्, नरबहादुर कुरुम्बाङ्, राम इजम, चन्द्र बहादुर लिङ्देन र कृष्ण कुमार कुरुम्बाङ् चयन भएका छन् ।
सदस्यमा थप मनोनित गर्दै ४५ सदस्यीय समिति गठन हुने राम इजमले लिम्बुवानखबरलाई बताएका छन् । पहिचानको पक्षमा साथ दिने सबै यूकेबासीलाई समेत यो संगठनमा जोड्दै लाने उनले बताए ।
उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय सदस्य तिलविक्रम सम्बाहाम्फे, किरायू यूके अध्यक्ष कृष्णकुमार हेम्ब्या र हेमराज नाल्बो लगायत सामाजिक संघ संस्थाका प्रतिनिधि तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;