हङकङमा लिम्बु फिल्म ‘युक्पुङ’काे विशेष प्रदर्शन हुँदै

,   लिम्बुवान न्युज
                       

हङकङ । चलचित्र ‘युक्पुङ’को हङकङमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्र आइतबार जोर्डनस्थित याउमातेई कम्युनिटी हलमा प्रदर्शन गरिने भएको हो ।

नोगेन अग्र्यानिक इन्टरटेन्टको आयोजना तथा कबेरमणि थक्लुङको संयोजत्वमा यो फिल्म हङकङमा प्रदर्शन गर्न लागिएको हो ।

प्रचार प्रसार प्रमुख कलाकार मौसम इम्बुङ(फुलेन्देको बाउ’का अनुसार हङकङमा ‘युक्पुङ’ प्रदर्शनका लागि थलङ परिवार हङकङका भीम थलङ, वनेम कल्याण संस्था हङकङका प्रदिप वनेम, वनेम माङ्गेना सजुमकी आशा वनेम सह आयोजक रहेका छन् ।

दिनेश माङमु निर्देशिच यो फिल्म यसअघि काठमाडौं र धरानलगायतका शहरमा विशेष प्रदर्शनी भइसकेको छ ।
हङकङ प्रदर्शनका लागि अभिनेता कुसल थलङ यतिबेला हङकङ पुगेका छन् ।

चलचित्रमा कुसल थलङको साथमा यासेली योङहाङ, कविता आले, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेनका कलाकारको अभिनय रहेको छ ।

बिष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको यस फिल्ममा नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा (सियेम), इन्दु लावती र ममता यक्सोको निर्माण रहेको छ भने रविन्द्र बरालको छायाँकन, राजु घिमिरेको मुख्य सहायक निर्देशन र तारा शर्माको शृङ्गार रहेको छ ।

ट्रेलर हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;