विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ करोड ५३ लाख ८ हजारभन्दा बढी

 Limbuwan Khabar
                       

   

 

काठमाडौं,४ भदौ ।   विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ५३ लाख ८ हजार ६०२ पुगेको छ।यस्तै २ करोड २५ लाख  ८५ हजार २२७ जना संक्रमित भएका छन भने ७ लाख ९१ हजार ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ५७ लाख १ हजार १६२ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ७६ हजार ३४२ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ३४ लाख ६० हजार ४१३ जना संक्रमित भएकोमा १ लाख ११ हजार १८९ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ २८ लाख ३७ हजार ७४९ जनामा संक्रमण भएकोमा ५४ हजार ४ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ९ लाख ३७ हजार ३२१ जना संक्रमित भएका छन् भने १५ हजार ९८९ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ८७ हजार ९८५ संक्रमित भएकोमा २८ हजार ७९७ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख २१ हजार ९८ संक्रमित भएकोमा ४१ हजार ३९७ जनाको मृत्यु भइसकेको छ।

पेरुमा संक्रमितको संख्या ५ लाख ५८ हजार ४२० छ भने २६ हजार ८३४ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...