प्रतिक आङ्देम्बेलाइ फाल्गुनन्द एकता समाज मलेशियाबाट आर्थिक सहयाेग

,   लिम्बुवान खबर
                       

फाल्गुनन्द एकता समाज मलेशिया को पहल मा फाल्गुनन्द ७ साबिक आङ्सराङ निवासी प्रतिक आङ्देम्बे केहि महिना अगाडी पाँचथर बाट झापा झर्ने क्रम मा बाइक मा दुर्घटना भइ बि एण्ड सि मा उपचार मा रहेका लाइ उपचार मा थप राहत को निमित्त रु ३,५५,६००/- रूपैयाँ आर्थिक रकम हस्पिटल मै हस्तान्तरण गर्ने काम सम्पन्न भएको छ ।
त्यसै गरि साउदी बाट प्रकाश चेम्जोङ बाट रु ६०००/- साइप्रस बाट मन कुमारी साम्पाङ राइ बाट रु २०००/- समेत प्राप्त भएको छ । फाल्गुनन्द एकता समाज मलेशियाका सस्थापक संरक्षक तथा मलेशियाका सफल ब्यबसायि कृष्ण बहादुर आङ्देम्बेकाे संयोजकत्वमा सन्तोष रिजाल, लक्ष्यण आङ्देम्बे, मिक्साहा चेम्जोङ,अमृत थापा, प्रेम पाण्डे, बुद्धि आङ्देम्बे,कैलाश आङ्देम्बे, जगत आङ्देम्बे, गोपाल चेम्जोङ, तेज आङ्देम्बे सुरेन्द्र आङ्देम्बे र दिपक थापा, भिम आङ्देम्बे, कुमार सावा, लक्ष्मि माङ चेम्जोङ,सन्त आङ्देम्बे लगायतको सकृयतामा रकम जुटाइ हस्पिटलमा पत्रकारहरूकाे उपस्थीतीमा समाजसेवी लाबाहाङ चेम्जोङ र धन बहादुर पन्धाकले रकम हस्तान्तरण गर्नु भएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;