प्रतिक आङ्देम्बेलाइ फाल्गुनन्द एकता समाज मलेशियाबाट आर्थिक सहयाेग

 लिम्बुवान खबर
                       

फाल्गुनन्द एकता समाज मलेशिया को पहल मा फाल्गुनन्द ७ साबिक आङ्सराङ निवासी प्रतिक आङ्देम्बे केहि महिना अगाडी पाँचथर बाट झापा झर्ने क्रम मा बाइक मा दुर्घटना भइ बि एण्ड सि मा उपचार मा रहेका लाइ उपचार मा थप राहत को निमित्त रु ३,५५,६००/- रूपैयाँ आर्थिक रकम हस्पिटल मै हस्तान्तरण गर्ने काम सम्पन्न भएको छ ।
त्यसै गरि साउदी बाट प्रकाश चेम्जोङ बाट रु ६०००/- साइप्रस बाट मन कुमारी साम्पाङ राइ बाट रु २०००/- समेत प्राप्त भएको छ । फाल्गुनन्द एकता समाज मलेशियाका सस्थापक संरक्षक तथा मलेशियाका सफल ब्यबसायि कृष्ण बहादुर आङ्देम्बेकाे संयोजकत्वमा सन्तोष रिजाल, लक्ष्यण आङ्देम्बे, मिक्साहा चेम्जोङ,अमृत थापा, प्रेम पाण्डे, बुद्धि आङ्देम्बे,कैलाश आङ्देम्बे, जगत आङ्देम्बे, गोपाल चेम्जोङ, तेज आङ्देम्बे सुरेन्द्र आङ्देम्बे र दिपक थापा, भिम आङ्देम्बे, कुमार सावा, लक्ष्मि माङ चेम्जोङ,सन्त आङ्देम्बे लगायतको सकृयतामा रकम जुटाइ हस्पिटलमा पत्रकारहरूकाे उपस्थीतीमा समाजसेवी लाबाहाङ चेम्जोङ र धन बहादुर पन्धाकले रकम हस्तान्तरण गर्नु भएको छ ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;