निर्वाचन आयोगमा दर्ता भयो ‘नेकपा (एमाले)’

 लिम्बुवान खबर
                       

काठमाडौँ,३ भदौ । निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । बुधबार निर्वाचन आयोगमा ‘नेकपा (एमाले)’ नामको दल दर्ता भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि गरे । उनले भने, ‘आयोगको बुधबार बसेको बैठकले नेकपा (एमाले) नामको दल दर्ता गर्ने निर्णय गरेको छ ।’

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले)को महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न ‘उदाउँदो सूर्य’ रहेको पनि श्रेष्ठले बताए । दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले आयोगको बैठकले दर्ता गर्ने निर्णय लिएको उनको भनाइ थियो ।

नयाँ दर्ता भएको पार्टीको विधानमा पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत- मार्क्सवादी, लेनिनवादी)’ रहेको र छोटकरीमा ‘नेकपा (एमाले)’ रहेको आयोगले जनाएको छ ।

एमाले दर्ताको निवेदन आयोगमा परेसँगै सत्तारुढ नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि दल दर्ता गराउन लगाएको आरोप लागेको थियो । नवगठित नेकपा (एमाले)मा रहेका पदाधिकारी ओलीसँगै सांसद महेश बस्नेत निकट रहेको नेकपाका नेताहरूले बताउँदै आएका छन् ।

पछिल्लो समय भने नेकपाभित्रको विवाद समाधानतिर गएको छ । एमाले दर्ता भएसँगै आयोगमा १ सय ३२ दल भएका छन् । कान्तिपुरबाट

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...