तेह्रथुम पोक्लाबाङ्मा दुई संस्थाको तदर्थ समिति गठन

 लिम्बुवान खबर
                       

पोक्लाबाङ/‘‘माङ्गेन्ना लुङ्धुङ पोक्लबाङ, यक, गढ र सम्बद्ध क्षेत्रको संरक्षण, संवद्र्धन र विकास सम्बन्धी अवधारणा–पत्र २०७७’’ अनुसार संस्था संयोजन समितिका संयोजक गोविन्द आङ्बुङको अध्यक्षतामा बसेको अनलाइन जिट्सी मिट पोक्लाबाङ चुम्लुङ्ले माङ्गेन्ना यक् पोक्लाबाङ भएका विभिन्न १८ थरगत वंशका प्रतिनिधिहरूको उपस्थितिमा सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ र पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ मूल तदर्थ कार्य समिति सर्वसम्मतिले चयन गरेको छ ।
सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ समितिमा गोविन्द आङ्बुङ संयोजक रहने गरि आठ सदस्यीय समिति गठन गरिएको छ । सदस्यहरुमा कुलनाथ निङ्लेखु, याम पङ्याङ्गु, नर प्रसाद लुम्फुङ्वा, तेज बहादुर कुरुम्बाङ, देवेन्द्र खापुङ, जीवन सिङ्गक र रञ्जुला तेयुङ रहनुभएको छ । त्यसैगरि यहि अनलाइन पोक्लाबाङ चुम्लुङ्ले डा.कमल तिगेला खेवाहाङलाई यस सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ्को इङ्दङ्साबा तरेबा (अतिथि सल्लाहकार) समेत चयन गरेको छ । आठ सदस्यीय याक्थुङ प्रथाजनित सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ्ले याक्थुङ प्रथा–परम्परा अनुसार आवश्यक विभिन्न पक्ष र जिम्मेवारी अनुसारका पदीय विभागहरू तय गरी समितिलाई पूर्णता दिनेछ ।
यस सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ्ले लिम्बू जाति(राष्ट्र)को प्रथा–परम्परा अनुसार ‘‘माङ्गेन्ना लुङ्धुङ पोक्लबाङ, यक, गढ र सम्बद्ध क्षेत्रको संरक्षण, संवद्र्धन र विकास’’मा ‘‘पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ’’लाई मार्गनिर्देश एवम् नियमन गर्नेछ ।
पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ (पोमालुङ) मूल तदर्थ कार्य समिति राम बहादुर कुरुम्बाङ्को अध्यक्षतामा निम्न तदर्थ समिति गठन गरिएको छ । उपाध्यक्षहरुमा क्रमशः चन्द्र हुक्पा मादेम्बा र ठगीमाया तुम्बाहाङ्फे, सचिवमा टेक बहादुर खापुङ, सह–सचिवमा सेसेहाङ चोङ्बाङ, कोषाध्यक्षमा राजकुमारी सिङ्गक, त्यसैगरी सचिवालय सदस्यहरुमा क्रमशः हर्क पङ्याङ्गु, गोपाल निङ्लेकु र लोक बहादुर सम्बाहाङ्फे रहनु भएको छ भने सदस्यहरुमा क्रमशः नेत्र पङ्धाक, माया कुमारी पङ्धाक, दिल कुमारी मादेम्बा, धन कुमार आङ्बुङ, गंगा कुमारी आङ्बुङ, खड्क सिंह तुम्बाहाङ्फे, जयन्ती निङ्लेकु, पूर्ण बहादुर लुक्फुङ्वा, सकुन लुम्फुङ्वा, अर्जुन कुमार मुसाहाङ, गंगा माया मुसाहाङ, बल बहादुर तेयुङ, पूर्णकला तेयुङ, बुद्धिमान हाङ्स्रोङ, रुपा हाङ्स्रोङ, पवित्रा सम्बाहाङ्फे, विष्णु कुमार सिङ्गक, कुमारी हुक्पा चोङ्बाङ, लक्ष्मी कुमारी पङ्याङ्गु, दिल कुमारी कुरुम्बाङ, हर्क बहादुर पाहिम, लासाहाङ्मा पाहिम, शान्तिला खापुङ र क्या. शिवकुमार पाङ्गेनहाङ रहनुभएको छ । यसमा छुट भएका अन्य १६ थरभित्रका केही प्रतिनिधि सदस्यहरू पुनः थप गर्दै लैजाने सहसचिव सेसेहाङ् चोङ्बाङ्ले बताएका छन् ।
यस पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ मूल तदर्थ समितिले ‘‘माङ्गेन्ना लुङ्धुङ पोक्लबाङ, यक, गढ र सम्बद्ध क्षेत्रको संरक्षण, संवद्र्धन र विकास सम्बन्धी अवधारणा–पत्र २०७७’’ अनुसार प्रथाजनित संस्था ‘‘सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ’’ को नीति–निर्देशन र नियमनमा रही आफ्नो काम कार्वाही अघि बढाउने छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...