‘अस्लिल भिडियोको पात्र म होइनँ’ –कलाकार रेखा लिम्बू

 लिम्बुवान खबर
                       

धरान । केहि महिनाअघिबाट सोसियल मिडियामा देखिएको एउटा अश्लील भिडियोमा कलाक्षेत्रमा सक्रिय रहेकी रेखा लिम्बूसँग जोडिएकोमा उनी नरहेको स्पष्ट पारेकी छिन् ।

उक्त भिडियोको पात्र आफू नरहेपछि ढुक्क रहँदारहँदै आफन्त, शुभचिन्तकहरूमा बाराम्बार फैलिएको र दिनहुँ आउने फोनकलहरूलाई स्पष्ट पार्न उनले एक वक्तव्य निकाल्दै आफू र परिवारलाई मानसिक तनाव नदिन आग्रह पनि गरेकी छिन् । भिडियोसंग नाम जोडेर नचाहिदो तरिकाले अनावश्यक प्रचार गरिएको दुखित तुल्याएको बताएकी छिन् ।

हुँदै नभएको कुरामा मलाई स्पष्टीकरण दिई राख्नुपर्ने आवश्यकता त थिएन तर पनि बारम्बार मलाई यहि कुरामा मेरो आफ्नो नाम जोडेर मानसिक तनाव दिने कार्य अहिलेसम्म पनि बन्द नभएको कारणले गर्दा मैले आफ्नो धारणा पेश गरेकी हुँ ।’ उनले वक्तव्यमा उल्लेख गरेकी छिन् । ‘खाएको विष पो लाग्छ तर मलाई खादै नखाएको विष जबर्जस्ती खुवाएर मेरो चरित्रहत्या गर्न खोजिदैछ ।’ आफन्तले ‘आफ्नै होला र त चुप लाग्यो’ भनिदिएकाले नै वक्तव्यमार्फत स्पष्टीकरण दिन आएको उल्लेख गरेकी हुन् ।

‘चिनिया, कोरियन, थाइल्याण्डका युवतीहरूसँग नेपाली मंगोलियन युवतीहरूको अनुहार मिल्ने भएकोले आफूजस्तै देखेकोहरूले अपवाह फैलाएका हुन् ।’ रेखाको स्पष्टीकरण थियो । चिनजानकै साथीभाईहरूले शुरुमा तिमीजस्तै भनेर देखाएको र होइन भनेर प्रष्ट पार्दा त्यसको केहीदिनपछि आफन्त तथा समुदायमा पुगेको पनि रेखाले जनाएकी छिन् । तसर्थ आफूजस्तै कुनै युवतीको भिडियो फेला पारेर नियोजित रूपमा आफूलाई बद्नाम गर्न लागिपरेको उनको भनाई छ ।

‘साइवर व्यूरोले अनर्गलरूपमा भिडियो सेयर गर्नेप्रति निगरानी राखिरहेका छ’– प्रहरी
भिडियोको पात्र आफू नभएपछि वास्तै नगर्दा पनि विभिन्न सोसियल साईटभित्रभित्रै रेखा लिम्बू हो भन्दै अनर्गल रूपमा प्रचार प्रसार गर्दै गरेको पाइएकोले यसको रोकथाम र यस्ता दुस्प्रचार गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्न उले साइवरक्राइममा निवेदन पनि दिइएकेको उल्लेख गरेकी छिन् । साईबर व्युरोले आफ्नो काम तीब्र गतिमा गरिरहेको र ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

चलचित्रकर्मी महासंघको पनि अपिल
सामाजिक सञ्जालमा भिडियो फैलिने वित्तिकै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ ले गत असार २९ गते सचेतना वक्तव्य जारी गरेको थियो । नाम उल्लेख नगरी प्रदेश नं. १ की एक महिला कलाकारको नाम जोडेर अनर्गल भिडियो भाइरल बनाइएको प्रति ध्यानाकर्षण गराएको थियो ।

तर उक्त सामाग्री सेयर हुन बन्द नभएपछि नामै तोकेर विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा उल्लेख छ –‘केहि समय अगाडी भाईरल भएको अश्लील भिडियोमा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएर सोसियल मिडियामा प्रचार प्रसार गरिएको कुरा प्रती हामी प्रदेश न १ का चलचित्रकर्मीहरू को गम्भीर ध्यान आकर्षण भएको छ । यो बिषयमा हामीले मिति असार २९ गते नै आफ्नो धारणा सहितको बिज्ञप्ति निकाली सकेका छौ । उक्त अश्लील भिडियोमा देखिएको ब्यक्ति रेखा लिम्बू नभएको कुरा हामी पुन स्पष्ट पार्न चाहन्छौ ।’

यस विषयमा ईलाका प्रहरी कार्यलय धरानमा साईबर कानुन अन्तरगत साउन २ गते नै उजुरी पनि गरिसकेको विज्ञप्तिमा उल्लेख छ । सोसियल मिडियाको दुरूपयोग गर्दै यसप्रकारले कसैको पनि चरित्रहत्या गर्नेहरू विरुद्ध सम्पूर्ण प्रदेश नं. १ का चलचित्रकर्मीहरू एकबद्ध भएर लाग्ने जानकारी पनि गराएको छ ।

कोभिड –१९ को कारण भच्र्युअल वैठकमा सरसल्लाह गरेर विज्ञप्ति निकालिएको पनि जनाएको छ । चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का अध्यक्ष अरुण कुमार प्रधान, वरिष्ठ कलाकार प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, थारु चलचित्र तथा संस्कृतिक संघका अध्यक्ष परशुराम चौधरी लगायत मोरङ, सुनसरीका अध्यक्ष, चलचित्र कलाकार संघका अध्यक्ष आदिको सहभागितामा विज्ञप्ति निकालिएको छ । (नयाँअनलाइनबाट)

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;