‘अस्लिल भिडियोको पात्र म होइनँ’ –कलाकार रेखा लिम्बू

 लिम्बुवान खबर
                       

धरान । केहि महिनाअघिबाट सोसियल मिडियामा देखिएको एउटा अश्लील भिडियोमा कलाक्षेत्रमा सक्रिय रहेकी रेखा लिम्बूसँग जोडिएकोमा उनी नरहेको स्पष्ट पारेकी छिन् ।

उक्त भिडियोको पात्र आफू नरहेपछि ढुक्क रहँदारहँदै आफन्त, शुभचिन्तकहरूमा बाराम्बार फैलिएको र दिनहुँ आउने फोनकलहरूलाई स्पष्ट पार्न उनले एक वक्तव्य निकाल्दै आफू र परिवारलाई मानसिक तनाव नदिन आग्रह पनि गरेकी छिन् । भिडियोसंग नाम जोडेर नचाहिदो तरिकाले अनावश्यक प्रचार गरिएको दुखित तुल्याएको बताएकी छिन् ।

हुँदै नभएको कुरामा मलाई स्पष्टीकरण दिई राख्नुपर्ने आवश्यकता त थिएन तर पनि बारम्बार मलाई यहि कुरामा मेरो आफ्नो नाम जोडेर मानसिक तनाव दिने कार्य अहिलेसम्म पनि बन्द नभएको कारणले गर्दा मैले आफ्नो धारणा पेश गरेकी हुँ ।’ उनले वक्तव्यमा उल्लेख गरेकी छिन् । ‘खाएको विष पो लाग्छ तर मलाई खादै नखाएको विष जबर्जस्ती खुवाएर मेरो चरित्रहत्या गर्न खोजिदैछ ।’ आफन्तले ‘आफ्नै होला र त चुप लाग्यो’ भनिदिएकाले नै वक्तव्यमार्फत स्पष्टीकरण दिन आएको उल्लेख गरेकी हुन् ।

‘चिनिया, कोरियन, थाइल्याण्डका युवतीहरूसँग नेपाली मंगोलियन युवतीहरूको अनुहार मिल्ने भएकोले आफूजस्तै देखेकोहरूले अपवाह फैलाएका हुन् ।’ रेखाको स्पष्टीकरण थियो । चिनजानकै साथीभाईहरूले शुरुमा तिमीजस्तै भनेर देखाएको र होइन भनेर प्रष्ट पार्दा त्यसको केहीदिनपछि आफन्त तथा समुदायमा पुगेको पनि रेखाले जनाएकी छिन् । तसर्थ आफूजस्तै कुनै युवतीको भिडियो फेला पारेर नियोजित रूपमा आफूलाई बद्नाम गर्न लागिपरेको उनको भनाई छ ।

‘साइवर व्यूरोले अनर्गलरूपमा भिडियो सेयर गर्नेप्रति निगरानी राखिरहेका छ’– प्रहरी
भिडियोको पात्र आफू नभएपछि वास्तै नगर्दा पनि विभिन्न सोसियल साईटभित्रभित्रै रेखा लिम्बू हो भन्दै अनर्गल रूपमा प्रचार प्रसार गर्दै गरेको पाइएकोले यसको रोकथाम र यस्ता दुस्प्रचार गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्न उले साइवरक्राइममा निवेदन पनि दिइएकेको उल्लेख गरेकी छिन् । साईबर व्युरोले आफ्नो काम तीब्र गतिमा गरिरहेको र ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

चलचित्रकर्मी महासंघको पनि अपिल
सामाजिक सञ्जालमा भिडियो फैलिने वित्तिकै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ ले गत असार २९ गते सचेतना वक्तव्य जारी गरेको थियो । नाम उल्लेख नगरी प्रदेश नं. १ की एक महिला कलाकारको नाम जोडेर अनर्गल भिडियो भाइरल बनाइएको प्रति ध्यानाकर्षण गराएको थियो ।

तर उक्त सामाग्री सेयर हुन बन्द नभएपछि नामै तोकेर विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा उल्लेख छ –‘केहि समय अगाडी भाईरल भएको अश्लील भिडियोमा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएर सोसियल मिडियामा प्रचार प्रसार गरिएको कुरा प्रती हामी प्रदेश न १ का चलचित्रकर्मीहरू को गम्भीर ध्यान आकर्षण भएको छ । यो बिषयमा हामीले मिति असार २९ गते नै आफ्नो धारणा सहितको बिज्ञप्ति निकाली सकेका छौ । उक्त अश्लील भिडियोमा देखिएको ब्यक्ति रेखा लिम्बू नभएको कुरा हामी पुन स्पष्ट पार्न चाहन्छौ ।’

यस विषयमा ईलाका प्रहरी कार्यलय धरानमा साईबर कानुन अन्तरगत साउन २ गते नै उजुरी पनि गरिसकेको विज्ञप्तिमा उल्लेख छ । सोसियल मिडियाको दुरूपयोग गर्दै यसप्रकारले कसैको पनि चरित्रहत्या गर्नेहरू विरुद्ध सम्पूर्ण प्रदेश नं. १ का चलचित्रकर्मीहरू एकबद्ध भएर लाग्ने जानकारी पनि गराएको छ ।

कोभिड –१९ को कारण भच्र्युअल वैठकमा सरसल्लाह गरेर विज्ञप्ति निकालिएको पनि जनाएको छ । चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का अध्यक्ष अरुण कुमार प्रधान, वरिष्ठ कलाकार प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, थारु चलचित्र तथा संस्कृतिक संघका अध्यक्ष परशुराम चौधरी लगायत मोरङ, सुनसरीका अध्यक्ष, चलचित्र कलाकार संघका अध्यक्ष आदिको सहभागितामा विज्ञप्ति निकालिएको छ । (नयाँअनलाइनबाट)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...