त्रिविको स्थगित परिक्षा असोजभित्रै, भर्चुअल विधिबाट परिक्षा लिने तयारी

 लिम्बुवान खबर
                       

व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।

विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए। खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ ।

व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।

वैकल्पिक विधि तय गरिँदै
अहिलेकै अवस्थामा विद्यार्थीको लिखित परीक्षा गर्न नसकिने निष्कर्षमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् । व्यवस्थापन सङ्कायका डिन शर्माले लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने जानकारी दिए ।

यसमा निर्णय लिन विश्वविद्यालय तथा डिन कार्यालय स्वतन्त्र रहेको जनाइएको छ । परीक्षा लिन बाँकी विषयका हकमा भर्चुअल विधिबाट परीक्षा लिन विश्वविद्यालयका पदाधिकारीलाई सुझाव प्राप्त भएको छ ।

विद्यार्थी खोज्न सुरु
विश्वविद्यालयले परीक्षा स्थगित भएपछि सम्पर्कविहीन भएका विद्यार्थीको खोजी सुरु गर्ने भएको छ । विद्यार्थीको खोजीपछि बल्ल कति विद्यार्थी छन् भन्ने यकिन हुने भएकाले कसरी परीक्षा लिने निर्णय गर्न सकिने जनाइएको छ । यसअघि चैतमा स्थगित परीक्षा पुरानै परिपाटीबाट लिइएको थियो भने देशभर एकैसाथ परीक्षा चलाइएको थियो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पहिलेको जस्तो अवस्था अहिले नरहेको स्पष्ट गर्दै कुनै फरक विधिबाट परीक्षा लिई विद्यार्थीको नतिजा प्रकाशित गरिने बताउनुभयो । यसका लागि डिन कार्यालयहरूलाई नै अधिकार दिइएको छ ।

विश्वविद्यालयले स्नातकोत्तर तहको चौथो सेमेस्टरका विद्यार्थीलाई परीक्षा पूरा नभए पनि अनुसन्धान शोधपत्र (थेसिस) गर्न बाटो खोलिदिएको छ । स्थगित परीक्षा फरक विधिबाट सञ्चालन गरेर पनि विद्यार्थीलाई शैक्षिक सत्र सदुपयोग गर्ने तयारी गरेको विश्वविद्यालयले थेसिस लेखन कार्य अघि बढाउन अनुमति दिएको हो ।

यसअघि परीक्षा नसकेको अवस्थामा विद्यार्थीलाई थेसिस गर्न अनुमति दिइँदैनथ्यो । विद्यार्थीलाई थेसिस तयार पार्न पनि चार–पाँच महिना लाग्ने र त्यो बेलासम्म फरक तरिकाबाट परीक्षा लिएर नतिजा प्रकाशन गर्न बाटो खुल्ने भएकाले यस खालको निर्णय गरिएको जानकारी डिन शर्माले दिनुभयो । स्नातकोत्तर तहमा व्यवस्थापन लगायतका कतिपय सङ्काय तथा अध्ययन संस्थानमा शोधपत्र अनिवार्य गरिएको छ । कतिपय विषयका हकमा विद्यार्थी आफ्नो खुसीले शोधपत्र लेख्ने गर्छन् ।

परीक्षा नदिए पनि माथिल्लो सेमेस्टर
यसैबीच त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा सेमेस्टर प्रणालीमा सञ्चालित परीक्षा सञ्चालन हुन नसके पनि विद्यार्थीलाई माथिल्लो सेमेस्टरमा पढाउन थालिएको छ । विगतमा विद्यार्थीले एक तहको सेमेस्टरको परीक्षा सकेर मात्र अर्को सेमेस्टरमा जाने अभ्यास रहेकोमा यसपटक भने परीक्षा नै नदिएको अवस्थामा पनि अर्को सेमेस्टरमा अध्ययनका लागि विश्वविद्यालयले बाटो खोलिदिएको हो ।

यसको कार्यान्वयन गर्दै आफूहरूले कक्षा सञ्चालन सुरु गरेको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले जानकारी दिए। यसबाट विद्यार्थीको शैक्षित्र सत्र सदुपयोग हुने जनाइएको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशन भएकाे छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...