दमकमा १५ जनामा काेराेना संक्रमण पुष्टि

 लिम्बुवान खबर
                       

दमक। झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । दमकका औषधी ब्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षणकाे रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले बताएपछि पुष्टि भएकाे हाे ।

आज संक्रमण देखिएकामा २२ देखी ७२ बर्ष सम्मका ६ जना महिला र ९ जना पुरुषहरु रहेका छन् ।  संक्रमण देखिएकामा दमक वडा नम्बर १ का १ जना, वडा नम्बर ४ का होम क्वारेन्टाईनमा बसेका १ जना र कन्ट्याक ट्रेसिङका १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का ५ जना, वडा नम्बर ९ का ६ जना रहेका छन् ।

उनीहरुको एक साता अघि स्वाब सङ्कलन गरेर परिक्षणका लागि विराटनगर पठाईएको थियो । संक्रमण देखीएका मध्ये दुइजना औषधी ब्यवसायी हुन् तर उनिहरु कसैमा पनि लक्षण भने नदेखिएको जनाईएको छ । यो संगै दमकमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । दमक विस्तारै काेराेनाकाे हब बन्दै गएकाे देखिन्छ ।

संक्रमितहरु केहि नगरपालिकाको क्वारेन्टाइनमा रहे पनि अधिकांस भने होम क्वारेन्टाईनमा बसेका छन् । अहिले नगरपालिका स्वास्थ्य शाखाको आकस्मीक बैठक वसिरहेको छ । साे बैठकमा संक्रमितहरुको बसोवास क्षेत्रलाई सिल गर्ने बिषयमा छलफल भईरहेको बताईएको छ ।

सम्बन्धित समाचार

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...

टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...

दमक नपाबाट इप्रका दमकलाइ मापसे तथा लापसे चेकजाँज गर्ने मेसिन प्रदान

दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...