तमुवान बेगरको तमु भाषा जरा बेगरको रुखजस्तै हुन्छ

,   अन्तरवार्ता
                       

२०४६ सालको परिवर्तनपछि बर्गीय समस्या भन्दा नेपालमा जातीय समस्या नै प्रधान छ भन्ने चेत खुल्यो। त्यसपछि जनजाति पार्टी, जनमुक्ति पार्टी, जनमुक्ति पार्टी, नेपाल हुँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको संस्थापकहरु मध्येमा आफू पनि परियो।

ज्ञानबहादुर गुरुङ

(बरिष्ठ उपाध्यक्ष)  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल

तपाईं तमु गुरुङ समुदायको व्यक्ति, तर लिम्बुवान आन्दोलनको उच्च नेतृत्वमा हुनुहुन्छ, यसपछि निकै लामो राजनैतिक यात्रा होला ?
म तमु गुरुङ भएकोले मेरो पुख्र्यौली थलो तमुवान नै हो। तमुवानबाट पुर्खाहरु लिम्बुवानको संखुवासभामा आएर बसोबास गरें र म त्यही जन्मिएँ, हुर्किएँ। युवा हँुदै गएपछि प्रगतिशील आन्दोलनले छुयो। २०४६ सालको परिवर्तनपछि बर्गीय समस्या भन्दा नेपालमा जातीय समस्या नै प्रधान छ भन्ने चेत खुल्यो। त्यसपछि जनजाति पार्टी, जनमुक्ति पार्टी, जनमुक्ति पार्टी, नेपाल हुँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको संस्थापकहरु मध्येमा आफू पनि परियो।
म पोखरामा जन्मेको भए तमुवान आन्दोलनको नेता हुन्थें, सिन्धुपाल्चोकमा जन्मिएको भए तामाङसालिङको नेता हुन्थें, र लिम्बुवानमा जन्मेको हुनाले लिम्बुवानको नेता, कार्यकर्ता भएको छु। हामी पहिचानवादीहरुले आफू जहाँ जन्म्यो त्यहाँको पहिचानको आन्दोलनलाई साथ दिनु हाम्रो कर्तव्य हुन आउँछ ।
हाम्रो आदिवासी समुदायमा कतिपयले भन्छन्, ‘हाम्रो भाषाको मात्र उन्नति हुनुपर्छ, कतिपयले धर्मको मात्र, कतिपयले आर्थिक उन्नति, शैक्षिक उन्नति गर्न सकियो भने भै गयो नि यो लिम्बुवान, तमुवानजस्तो जटिल विषय न उठाए पनि हुन्छ।’ फेरि कतिपयले भन्छन्, ‘होइन तमुवान, लिम्बुवानको कुरा प्रमुखताको साथ उठाउनु पर्छ।’ यी बिषयहरुमा तपाईंको विचार के छ ?
सबैभन्दा मुख्य कुरा पानीको लागि मूल, रुखको लागि जरा र आदिवासी समुदायको लागि जमिन वा माटोको सवाल नै प्रमुख हुन्छ। किनकि, तमुवान भूमिमा नै तमु भाषा र संस्कृति, लिम्बुवान भूमिमा नै लिम्बु भाषा र संस्कृति विकास भएको हुन्छ, त्यसैले तमु भाषा, मगर भाषाको लागि त्यो भाषा उत्पत्ति भएको भूमि सबै भन्दा महत्वपूर्ण हुन्छ। त्यसैले भाषा, संस्कृति, धर्मको पनि सवाल हो। तर, यी सबै भन्दा पनि महत्वपूर्ण सवाल आदिवासीको पुख्र्यौली थातथलो वा तमुवान, मगरात, लिम्बुवान, खशान आदि हुन्छ। हामीले हाम्रो आन्दोलनको उच्चतम लक्ष्य तमुवान, लिम्बुवानलाई नै लक्षित गर्नुपर्छ। नत्र तमुवानबेगरको तमु भाषा, लिम्बुवानबेगरको लिम्बु संस्कृति मूलबेगरको खोला, जराबेगरको रुखजस्तै हुन्छ।
                 ज्ञानबहादुर गुरुङ
तपाईं लिम्बुवान आन्दोलनको नेतृत्वमा रहेर लिम्बुवान आन्दोलन हाँकिरहँदा तमुवान आन्दोलनलाई पनि सहयोग गरिरहेको छु जस्तो लाग्छ कि?
ठीक भन्नुभयो । म जब पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालले आव्हान गरेको आन्दोलनहरुमा टाउकोमा कफन बाँधेर सडकमा उत्रन्छु, त्यसबेला मेरो मनमा सधैं त्यही सोच आउँछ, ‘म लिम्बुवान आन्दोलनमार्फत् तमुवानलगायत सम्पूर्ण १०+१ प्रान्तको आन्दोलनलाई सहयोग गरिरहेको छु। लिम्बुवान आन्दोलन शसक्त बनाउन सकियो भने तमुवान आन्दोलनलगायत पहिचानको आन्दोलनहरुलाई सकारात्मक असर पर्छ। पहिचानको आन्दोलनहरु एक आपसमा अन्तर सम्बन्धित हुन्छन्, त्यसैले पहिचानको आन्दोलनहरुलाई एक आपसमा जोडेर लानुपर्छ। (सहअस्तित्व आवाज मासिकबाट)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;