झापा गोलीकाण्ड: सदरमुकाम ल्याउन खोजेको अभियुक्तलाई प्रहरीले छाड्यो

 लिम्बुवान खबर
                       

झापा । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले गौहत्याको अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई छाडेको छ ।

झापा गाउँपालिका–३, कटुवामारीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा नेपाल प्रहरी/सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा स्थानीय ३८ वषिर्य रसिकुल अालमकाे मृत्यु भएको थियो ।

घटनापछि प्रहरीले पक्राउ परेका स्थानीय ५२ वर्षीय अब्दुल सलाम र ५२ वर्षीय ताजबुल हकलाई प्रहरीले छाडेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार दुवै जनालाई झापा गाउँपालिकाको रोहबरमा छाडिएको हो ।

‘स्थितिलाई मथ्थर बनाउन र शान्ति सुरक्षा कायम गर्नका लागि छाडिएको हो’, थापाले अनलाइनखबरसँग भने । झापा गाउँपलिका वडा नं. २ का वडाध्यक्ष मोतिलाल गणेशका अनुसार अहिले घटनाबारे स्थानीय जनप्रतिनिधि, पीडित पक्ष, प्रहरी र प्रशासनबीच छलफल गर्ने तयारी भइरहेको छ ।

उनले अनलाइनखबरसँग भने, ‘मृतकलाई शहीद घोषणा गर्नुपर्ने, प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने जस्ता माग पीडित पक्षले राख्नु भएको छ । त्यसविषयमा छलफल हुन्छ ।’

गहिरो छानविन गर्न कांग्रेसको माग

झापा प्रहरीले बुधबार साँझ जारी गरेको प्रेस नोटमा पहिचान खुल्न नसकेको पशु चौपायाको मासु टुक्रा पारेको अवस्थामा फेला पारिएको भनिएको छ । प्रहरी चौकी, टाघनडुब्बाबाट प्रहरी निरीक्षक सन्दिप बोगटी र सशस्त्र प्रहरी बलबाट निरीक्षककै नेतृत्वमा टोली गएको थियो ।

पक्राउ परेका दुई जनालाई जिल्ला लैजाने क्रममा स्थानीय मुस्लिम समुदायले विरोध जनाएका थिए । कामटोलीमा अभियुक्तलाई ल्याउने क्रममा स्थानीय अवरोध गरेपछि स्थिति तनावपूर्ण भएको थियो । त्यसक्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।

सामान्य स्थितिमा सशस्त्र प्रहरीले गोली चलाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि घटनाको पृष्ठभूमि सुसंस्कृत नभए पनि पूर्वसजगता नअपनाउँदा गम्भिर क्षति भएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्, ‘गोली चल्नु र चलाउनु नै पर्ने स्थितिको तर्कमा नपुग्न पूर्वसजगता नराख्दा गम्भीर क्षति भएको छ । गहिरो छानविनको माग गर्दछु ।’

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;