संघीय मञ्चद्वारा ग्याल्जेन दोर्जे तामाङ् लगायत सबैलाई विना सर्त रिहाईको माग गर्दै विज्ञप्ति सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक। कलाकार ग्याल्जेन दोर्जे तामाङ्ले आफ्नो गीतमा सबैका सबै जाती वर्ग र समदायलाई समेट्न नसकेको राष्ट्रिय झण्डाले समेट्न नसकेको प्रतिकात्मक विरोध स्वरुप झण्डा जलाईएको देखाईको भिडियोको आधारमा कलाकार तामाङ् लगायत पक्राउ भएका सबै कलाकारहरुलाई विना सर्त रिहाईको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा हस्ताक्षरित एक विज्ञप्ति प्रकाशित गरेको छ ।

नेपालको सबै सभ्यता, भाषा, धर्म, विचार, संस्कृतिलाई समेट्न नसकेको सो झण्डा परिवर्तन गर्न वृहत छलफल, सहमति र सह–अस्तित्व कायम गरि निर्माण गरिनु पर्ने विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा सिंगो नेपालको नक्सालाई केक बनाई टुक्राटुक्रा पारेर खाँदा लाखौं जनताले विरोध गरेपछि प्रधानमन्त्रीलाई राज्यद्रोहको मुद्दा लगाउन सर्वोच्च अदालत जादा अदालले मुद्दा दर्ता गर्न नमानेको नजिर ज्यूदो रहेको हुँदा कलाकार ग्याल्जेन माथि कारवाही गरिनु सरासर अन्यापूर्ण हुने मञ्चको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।
कलाकार ग्याल्जेनले आफ्नो म्यूजिक भिडियोमा झण्डा जलाएको भर्चुएल दृश्य राखेको देखिन्छ, प्रधानमन्त्री जस्तो कुर्सीमा बसेकै बेला नेपालको नक्शा आकारको जन्मदिनको केक काट्दाको उन्मुक्ति पाएको दृश्य देखेपछि एक युवा कलाकारले पनि यतिको दृश्य राख्दा ठिकै होला भन्ने निर्दोष मस्तिष्कले उक्त म्यूजिक भिडियो निर्माण गरेको देखिन्छ । उक्त भिडियोमा देश नै तहसनहस हने खाल्को कुनै दृश्य नदेखिएको हुँदा हालको देशमा कोरोना महामारीको बेला प्रहरी कष्टडीमा कोचेर राख्नु न्यायसंगत देखिदैन त्यसैले मञ्च तत्काल रिहाई गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

मञ्चले प्रथम संबिधान सभालाई २०६७ सालमा पेश गरेको मंचको नमुना संबिधानमा रास्ट्रिय झण्डा र राष्ट्रिय जनवारको बारेमा– ‘जनताको बलिदानबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्रलाई आत्मासात गर्दै सम्पूर्ण नेपाली जनताको भावना समेटने गरि नयाँ झण्डा निर्माण र धर्मनिरपेक्षताको सिद्दान्तसंग नबाझिने गरि रास्ट्रिय जनवार तोकिनु पर्छ वा पर्दैन ‘सर्बपक्षिय गोलमेच सम्मेलन’ को माग सहित नेपालको सम्पूर्ण आदिबासी, दलित/शिल्पी, मधेशी, मुश्लिम, थारु, खस समुदायको सहभागितामा संयुक्त पहिचान क्रान्ति सम्पन्न गर्ने र उक्त गोलमेच सम्मेलनले नयाँ नेपालको राष्ट्रिय झण्डा, जनवार घोषणा गर्न र १०+१ प्रान्त, बिशेष स्वायत्त क्षेत्रहरु निर्धारण गर्ने क्रान्तिको कार्यदिशामा संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च हिजो देखिनै स्पस्ट, प्रतिबद्द र क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले नागरिक अनलाईनसँग अन्तरवार्तामा राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर र माननीय संघीय संसद रेशम चौधरीको सन्दर्भमा दिनु भएको अन्तरवार्ता (तलको भिडियोमा हेर्न सक्नु हुनेछ )

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...