दमकमा भदौ २० गतेसम्म निषेधाज्ञा लम्बियो

 लिम्बुवान खबर
                       

दमक । झापाको दमक नगरपालिकाले थप ७ दिन निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको आज बसेको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै भाद्र १४  गतेदेखि भाद्र २० गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो ।

दैनिक उपभोग्य समाग्री खरिद गर्नका लागि सामाजिक दुरी कायम गर्दै सुरक्षाका उपाय अपनाएर  बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म पसल तथा ब्यवसाय खोल्न पाइने बताइएको छ ।

औषधी पसलहरु र अस्पतालहरुले अतिआवश्यक सेवाबाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । सबै अस्पताल क्लिनिकहरू बन्द रहेनछन्  । यस्तै दमक ६ मा रहेको नयाँ सब्जीबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।  २५ जना भन्दा बढी मलामी जान पाइने छैन ।

निषेधाज्ञाको नगरपालिकाबाट अनुगमन गरिने र नियम उल्लघन् गरे कडा कारबाही गरिने दमक नगरपालिकाले जनाएको छ ।

यसअघि कायम गरेको निषेधाज्ञा भोली भाद्र १३ गते राति १२ बजे सकिंदैछ । अझै  कोरोना संक्रमणको जोखिम बढेको भन्दै थप ७ दिन कायम राख्न जिल्ला प्रशासनलाई सिफारिस गरिएको हो ।

दमकमा मात्रै हालसम्म ८१ जना कोरोना संक्रमित भएका छन् भने  ४१ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...