शुक्रबार, १२ भदौ, २०७७ दिउँसोको ०४:४९ बजे,
लिम्बुवान खबर
दमक । निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ। उक्त लघुचलचित्र मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पिडालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।
बहिनिलार्ई पढाएर ठुलो मान्छे बनाउने मायालुलाई सुखसँग राख्ने सपना बोकेर बिदेशिएको युवा बिदेशमा पुगेपछि भोग्नु पर्दाको दुर्दशा र सपनाहरु टुटेपछि रित्तिएर फर्किनुकाे पिडालाइ समाबेश गरिएको छ ।
साथै लघु चलचित्र ‘पिडा’ मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत झ-झल्को दिलाउछ । चलचित्रमा संचारकर्मी देशराज नेम्बाङ, मधु सुब्बा, सुमी जंग राना र रुपमनी चाम्लिङको अभिनय रहेकोे छ । यस लघुचलचित्रमा संचारकर्मी देशराज नेम्बाङकाे अभिनय तारिफ याेग्य रहेकाे छ ।
ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...
माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...
दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...
दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...