निरन साम्पाङकाे लघुचलचित्र ‘पिडा’ सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक । निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ। उक्त लघुचलचित्र मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पिडालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।

 

बहिनिलार्ई पढाएर ठुलो मान्छे बनाउने मायालुलाई सुखसँग राख्ने सपना बोकेर बिदेशिएको युवा बिदेशमा पुगेपछि भोग्नु पर्दाको दुर्दशा  र सपनाहरु टुटेपछि रित्तिएर फर्किनुकाे पिडालाइ समाबेश गरिएको छ ।

साथै लघु चलचित्र ‘पिडा’ मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत झ-झल्को दिलाउछ । चलचित्रमा संचारकर्मी देशराज नेम्बाङ, मधु सुब्बा, सुमी जंग राना र रुपमनी चाम्लिङको अभिनय रहेकोे छ । यस लघुचलचित्रमा संचारकर्मी देशराज नेम्बाङकाे अभिनय तारिफ याेग्य रहेकाे छ ।

भिडियाे हेर्न तलकाे लिङ्कमा जानुहाेस् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;