मान्छेको आत्माको वजन २१ ग्राम !

,   एजेन्सी
                       

सन् १८६६ मा स्कटल्याण्डको ग्लास्गोमा जन्मिएका डाक्टर डंकनको ६ बर्ष लामो अनुसन्धान अनुसार मानिसको जब मृत्यू हुन्छ मृत्यूको आखिरमा उसको वजन परिवर्तन हुन्छ भन्ने तथ्य प्रमाणित भएसँगै मानिसको आत्माको वजन एक चौथाई औंस अर्थात २१ ग्राम हुन्छ । 

प्राचीन मिश्रका बासिन्दाहरुमा एउटा मान्यता थियो कि मृत्युपछि मानिस एउटा लामो यात्रामा निस्किन्छ । मृत्युपछिको उक्त यात्रा निकै कठिन हुन्छ । मिश्र सभ्यताको इतिहासअनुसार उक्त यात्रामा रा भनिने सूर्य देवताको डुंगामा चढेर हल अफ डबल ट्रुथसम्म पुग्नु पर्दछ अरे । किम्बदन्तीहरुका अनुसार मान्छेको सत्यता पत्ता लगाउने उक्त हलमा आत्माको लेखाजोखा गरिन्छ र फैसला गरिन्छ । त्यहाँ सत्य र न्यायकी देवीको कलमको तुलना मानिसको आत्मासँग गरिन्छ ।

प्राचीन मिश्रका मानिसहरुमा यस्तो मान्यता थियो कि मानिसका सबै राम्रा तथा नराम्रा कर्महरुको हिसाब उसको आत्मामा लेखिएको हुन्छ । यदि मानिसले सादा र निष्कपट जीवन बितायो भने उसको आत्माको वजन प्वाँखजस्तै कम हुन्छ र उसलाई स्वर्गमा सधैका लागि ठाउँ प्राप्त हुन्छ । मिश्रको उक्त प्राचीन मान्यताको एक झलक सन् १९०७ मा जर्नल अफ द अमेरिकन सोसाइटी फर साइकिक रिसर्चमा प्रकाशित एक शोधमा देखिएको थियो ।

हाइपोथेसिस अन द सब्स्टेन्स अफ द सोल अलन्ग विथ एक्सपेरिमेन्टल एभिडेन्स फर द एग्जिस्टेन्स अफ सेड अब्जेक्ट नामको उक्त शोधमा मानिस मरिसकेपछि उसको आत्मा सँग सम्बन्धित प्रयोगका विषयमा चर्चा गरिएको थियो ।

आत्माको वजन

उक्त शोधसँग सम्बन्धित एक लेख न्युयोर्क टाइम्समा मार्च सन् १९०७ मा छापिएको थियो । जसमा प्रष्ट रुपमा लेखिएको थियो कि आत्माको पनि निश्चित वजन हुन्छ भन्ने कुरामा डाक्टरहरु समेत सहमत छन् । त्यसमा डाक्टर डंकन म्याकडगल नामका एकजना डाक्टरको प्रयोगका बारेमा चर्चा गरिएको थियो ।

सन् १८६६ मा स्कटल्याण्डको ग्लास्गोमा जन्मिएका डाक्टर डंकन २० वर्षको उमेरमा अमेरिकाको म्यासाच्यूसेटमा गएका थिए । उनले ह्युस्टन विश्वविद्यालयको स्कूल अफ मेडिसिनबाट आफ्नो पढाइ पूरा गरेका थिए र आफ्नो जीवनको अधिकतम समय हेभरिल सहरको च्यारिटेबल अस्पतालमा मानिसहरुको उपचार गरेर बिताए ।

उक्त अस्पतालका मालिक एक यस्ता व्यापारी थिए जसको व्यापार मुख्यरुपमा चीनसँग थियो । उनले चीनबाट ल्याउने विभिन्न वस्तुहरुमध्ये फेयरब्यांकको एउटा तराजु पनि थियो । उक्त तराजु पहिलोपटक सन् १८३० मा बनाइएको थियो र त्यसले ठूलो वस्तुहरुको समेत सटीक मापन सजिलैसँग गर्न सकिन्थ्यो । डाक्टर डंकनले जहाँ काम गर्दथे उक्त अस्पतालमा उनले दैनिक मान्छेको मरण देख्दथे । अस्पतालमा वजन मापनका लागि राखिएको मेसिन देखेर उनको दिमागमा मानिसको आत्माको समेत वजन मापन गर्ने विचार पलायो ।

न्युयोर्क टाइम्समा प्रकाशित लेख अनुसार उक्त घटनाको ६ वर्षपछि त्यसको निष्कर्ष प्रकाशित भयो । अध्ययनका क्रममा डाक्टर डंकनले एउटा निकै हलुका वजनयुक्त फ्रेमको एक विशेष खालको ओछ्यान बनाए जसलाई उनले अस्पतालमा रहेको ठूलो तराजुमा जडान गरे ।

उनले तराजुलाई यसरी तयार पारेका थिए कि त्यसले निकै कम वजन परिवर्तन हुँदा समेत त्यसको मापन गर्न सकिन्थ्यो । गम्भीर विरामी भई बाँच्ने सम्भावना नभएका मानिसहरुलाई त्यस्ता ओछ्यानमा राखिन्थ्यो र उसको मर्ने प्रक्रियालाई नजिकबाट नियालिन्थ्यो । त्यसक्रममा शरीरको वजनमा भएको परिवर्तनलाई उनले निरन्तर टिपोट गरे । मरेसँगै मानिसको शरीरमा पानी, रगत, पसिना, मलमुत्र, अक्सिजन र नाइट्रोजनको स्तरमा स्वभाविक रुपमा हुने परिवर्तनलाई समेत ध्यानमा राखेका थिए । उक्त शोधका क्रममा उनीसँग चारजना अरु डाक्टरहरुले पनि काम गरेका थिए र सबै जनाले ती आँकडालाई अलग अलग टिपोट गरे ।

डाक्टर डंकनका अनुसार जब मानिसले आफ्नो आखिरी सास लिन्छ, त्यसबेला उसको शरीरबाट आधा वा सवा औँस वजन कम हुन्छ । उनका अनुसार जुनबेला शरीर निस्क्रिय हुन्छ त्यसबेला तराजुको स्केल तीव्र रुपमा तल आउँछ । त्यतिबेला लाग्दछ कि मानिसको शरीरबाट अचानक केही चिज बाहिर निस्किएर गयो ।

डंकनका अनुसार उनले १५ वटा कुकुरमा समेत यस्तो प्रयोग गरे । तर कुकुरमा भने त्यस्तो नतिजा आएन । मृत्युको समयमा कुकुरको शरीरको वजनमा कुनै परिवर्तन भएन । त्यसबेला के निष्कर्ष निकालियो भने मृत्युको समयमा मानिसको शरीरको वजनमा परिवर्तन आउँदछ किनकी मानिसको शरीरमा आत्मा हुन्छ र मृत्युपछि त्यो आत्मा शरीरबाट उड्दछ । तर कुकुरको शरीरमा आत्मा नहुने हुनाले मृत्युसँगै उसको वजनमा परिवर्तन आउँदैन ।

६ वर्षसम्म चलेको उक्त अनुसन्धानका क्रममा कूल ६ वटा मानिसमा प्रयोग गरिएको थियो । तर दुईजना मानिसको मृत्युका बेला तराजु राम्रोसँग नमिलेको भन्दै केवल चारजनाको मात्र डाटालाई समावेस गरियो ।

उक्त शोधका आधारमा अहिले पनि यस्तो मान्यता राखिन्छ कि मानिसको आत्माको वजन ठ्याक्कै तीन चौथाई औँस अर्थात् २१ ग्राम हुन्छ । किनकी शोधमा संलग्न चारजना मानिसको डाटामध्ये पहिलो मानिसको शरीरमा मृत्युसँगै ठ्याक्कै २१ ग्राम तौल कम भएको पाइएको थियो ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;