सज्जा बनिन् नेपाल आइडल-३ की विजेता

 लिम्बुवान खबर
सज्जा बनिन् नेपाल आइडल-३ की विजेता

काठमाडाैं। नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईं भएकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् ।

दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन् ।

त्यस्तै प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन्। उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्।

सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीद्वारा फागुनमा स्थानीय तहको चुनाव गर्ने घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।...

पालाम ‘काराङ्वा पुसा’को छायाँकन सम्पन्न

लिम्बुवानखबर । लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायिका भावना नेम्बाङको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘काराङ्वा पुसा’ को म्युजिक भिडियो छायाँकन सकिएको छ । गीतकार सुवर्ण नेम्बाङको शव्द संकलन तथा...

मुक्कुमलुङ अतिक्रमण विरुद्ध काठमाडौं र झापामा एकैसाथ बिरोध

काठमाडौं। मुक्कुमलुङ अतिक्रमणको विरुद्धमा आज काठमाण्डौँमा बिरोध–सभा सम्पन्न भएको छ । लिम्बु समुदायको ऐतिहासिक आस्थालाई भत्काई ’मुक्कुमलुङ’को अस्तित्व मेट्ने दुस्प्रयास गरेकोले सरकारको यो गलत कदमको विरुद्धमा याक्थुङ लेखक मञ्च,उपत्यका समितिको आयोजनामा आज काठमाण्डौँमा बिरोध–सभा गरिएको...

मञ्चद्वारा दोभानका अग्निपिढीतहरुलाई राहत वितरण

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समितिहरुद्वारा संकलित रकम ताप्लेजुङ् दोभानका अग्निपिढीत ५८ घर परिवारलाई राहत वितरण गरेको छ । संघीय लिम्बुवान सामाजिक मन्च, प्रवास कार्य समिति युकेको विशेष पहलमा...