
दमक उद्योग वाणिज्य संघको २९औं साधारणसभा माघ २३ गते
दमक, माघ १४। दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारणसभा हुने भएको छ । हरेक बर्ष ६ भाद्रमा हुँदै आएको संघको बार्षिक साधारण सभा यस बर्ष भने कोरोना महामारीका कारण पाँच महिना ढिलो गरि...
दमक/ दमक उद्योग बाणिज्य संघले दमकमा नै कोरोना जाँचका लागि पीसीआर मेसिन ल्याउनका लागि पहल गर्ने भएको छ । यसका लागि अध्ययन तथा आवश्यक प्रक्रियाका लागि संघका पुर्व अध्यक्ष प्रकाश प्रशाईको संयोजकत्वमा समिति बनाएको छ । पीसीआर मेसिन सञ्चालनको बिषयमा अध्ययन गरेर समितिले सुझाव दिने जनाईएको छ ।
संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार शनिवार बसेको बैठकले यस बिषयमा निर्णय गरेको हो । यस क्षेत्रमा समेत कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दिनानुदिन बढी रहेको र समुदाय स्तरमा समेत संक्रमण फैलिन थाली सकेको हुँदा दमक क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको परिक्षण गर्ने पीसीआर मेशिन नभएका कारण परिक्षणका लागि दमक बाहिर पठाउनु पर्ने भएकोले समयमा रिपोर्ट आउन समेत ढिला सुस्ति हुँदै आएको छ ।
यसले समस्या उत्पन्न भएकाे कारण हालको समस्यालाई मध्यजनर गर्दै स्थानियवासीहरुको सुविधालाई ध्यानमा राखि यस संघको अगुवाईमा १ थान पीसीआर मेशिन खरिद गरि संचालनमा ल्याउनकालागि यस संघका पुर्व अध्यक्ष प्रकास प्रसाईकाे संयोजकत्वमा ९ सदस्यीय पीसीआर मेसिन खरिद तथा संचालनका लागि अध्ययन समिति गठन गर्ने निर्णय भएको छ, -श्रेष्ठले भने ।
दमकमा ब्यवसायीहरुलाई समेत कोरोना संक्रमण देखिदै आएको छ । स्थानीय सरकार तथा यहाँका संघसंस्थाहरुसंग समेत समन्वय गरेर अघि बढ्ने र दमकबासीको स्वास्थ्य सुरक्षाका लागि गम्भिर भएर चाँडोभन्दा चाँडो यस बिषयमा आफुहरुले काम शुरु गर्ने संयोजक प्रसाईले बताएका छन् । प्रसाई दमकमा ब्यवसायीहरूका लाेकप्रिय नेता तथा सामाजिक अगुवा समेत हुन् ।
दमक, माघ १४। दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारणसभा हुने भएको छ । हरेक बर्ष ६ भाद्रमा हुँदै आएको संघको बार्षिक साधारण सभा यस बर्ष भने कोरोना महामारीका कारण पाँच महिना ढिलो गरि...
काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु हुनेभएको छ । सरकारले कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाइने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा विहान...
इलाम। संघीय लिम्बुवान मञ्च, नेपालले इलाम जिल्लामा सिसिओ अभियान शुरुभएको उद्घोष गरेको छ । सोमबार देउमाई ५ को धुसेनीमा मञ्चले वार्ड समिति विस्तार, राजनैतिक एजेण्डा वितरण र अन्तरक्रिया कार्यक्रम गरि सिसिओ अभियान शुरु गरेको हो...
दमक। झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ । आज आयोजित कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग...