दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९७ पुग्यो

 लिम्बुवान खबर
                       

दमक/ झापाको दमक नगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी, सरकारी कर्मचारी तथा लघुबत्त कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको २ सय स्वाव परीक्षणको नमुनामा थप १६ जनामा कोरोना पोजेटिभ आएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराइले बताए ।

दमकमा समुदायमा कोरोना संक्रमण देखिदै आएको छ । नेगेटिभको नतिजा एकदिन अघि आएपनि पोजेटिभ देखिएका नतिजा भने ढिला आउने गरेको छ । शुक्रबार २४ वटा नतिजा होल्ड भएकामा विहान थप ८ वटा नेगेटिभ आएको थियो ।

याे सँगै दमकमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । दमकबाट सातामा दूई पटक मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाईदै आएको नगरपालिकाले जनाएको छ । पिसिआर जाँचको दायरा बढाउनका लागि नगरपालिकालाई जन दबाब पनि पर्दै गएको छ । दिनप्रति दिन काेराेना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय चिन्तीत भएका छन् ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;