विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

 लिम्बुवान न्युज
                       

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु र व्यावहारिक रूपमा काम गर्नु बिल्कुलै फरक हुने बताउनुभयो।

गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणका विषयमा उठिरहेका प्रश्नहरूतर्फ लक्षित गर्दै अध्यक्ष राईले कसैको प्रयास नदेखी दोष मात्र खोज्ने र भ्रम फैलाउने कामले समाज र देश कसैको पनि हित नगर्ने स्पष्ट पार्नुभयो।

नयाँ भवन निर्माणको औचित्य पुष्टि गर्दै उहाँले भन्नुभयो, “हाल गाउँपालिकाको सेवा साना-साना पाँचवटा छुट्टाछुट्टै खण्डबाट सञ्चालन भइरहेको छ भने बर्खामा पानी चुहिने समस्या छ। नागरिकलाई एउटै छानामुनिबाट चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गरी सुशासनको अनुभूति दिलाउन नयाँ भवन निर्माणलाई प्राथमिकता दिइएको हो।”

अध्यक्ष राईका अनुसार आवश्यक मापदण्ड पूरा भए कमल गाउँपालिका नगरपालिका बन्नेछ, अन्यथा गाउँपालिकाकै रूपमा अघि बढ्ने निर्णय भइसकेको छ। यो प्रशासनिक भवन कुनै व्यक्ति वा वर्तमान नेतृत्वका लागि मात्र नभई दीर्घकालसम्मका लागि उपयोगी हुने उहाँको भनाइ छ।

“पात्र र नेतृत्व परिवर्तन हुन सक्छन्, तर पालिकाको प्रशासनिक भवन फेरिँदैन। यो कमल गाउँपालिकाका नागरिकको सधैँका लागि साझा सम्पत्ति हो,” उहाँले थप्नुभयो।

यस्तै, अध्यक्ष राईले वर्तमान तथा विगतका नेतृत्वले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, महिला तथा बालबालिका लगायतका क्षेत्रमा गरेका कामबारे तथ्य र परिणामका आधारमा खुल्ला छलफल गर्न आफू सदैव तयार रहेको बताउनुभयो। नागरिकका सकारात्मक सल्लाह, सुझाव र रचनात्मक आलोचनालाई ग्रहण गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;