दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

 लिम्बुवान न्युज
                       

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका लागि नगरपालिकाले व्यापक तयारी सुरु गरेको हो।
खोप अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन दमकमा पालिका खोप समन्वय समिति तथा सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भइसकेको छ।
झापाभरि खोप केन्द्र स्थापना गरिँदै
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका अन्य स्थानीय तहहरूमा पनि खोप अभियानको तयारी तीव्र पारिएको छ। जसअन्तर्गत प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ भने महिला स्वास्थ्य स्वयंसेविका र दक्ष खोपकर्मीहरू परिचालन गरिनेछ। एउटा स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने स्वास्थ्य कार्यालयको योजना छ।
मस्तिष्कमा असर गर्ने रोग, स्वास्थ्यकर्मीको सतर्कता अपिल
जापानिज इन्सेफ्लाइटिस संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने र यसले सोझै मानव मस्तिष्कमा गम्भीर असर पुर्‍याउने स्वास्थ्य अधिकारीहरू बताउँछन्। रोग लागेपछि उपचार कठिन हुने भएकाले खोप लगाउनु नै यसबाट बच्ने उत्तम उपाय हो।
खोपका साथै लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्यकर्मीहरूले नगरबासीलाई निम्न सावधानी अपनाउन अपिल गरेका छन्:
  • घर र कार्यथलो वरपर पानी जम्न नदिने र सफा राख्ने।
  • सुत्ने समयमा अनिवार्य रूपमा झुलको प्रयोग गर्ने।
  • विशेषगरी लामखुट्टे बढी सक्रिय हुने साँझ र बिहानको समयमा शरीर पूरै ढाक्ने कपडा लगाउने र टोकाइबाट जोगिने।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

;