माङसेबुङ् सेवा समाज दक्षिण कोरियाको संयोजनमा नेम्बाङ दम्पतिलाई सहयोग प्रदान

 लिम्बुवान खबर
                       

झापा । माङसेबुङ सेवा समाज दक्षिण कोरियाको संग्योजनमा प्यारालाईसिसले थलिएका नेम्बाङ दम्पतिलाई सहयोग प्रदान गरिएको छ ।

शनिबार फाल्गुनन्द फाउन्डेशनका अध्यक्ष तथा माङसेबुङ मासिक पत्रिकाका प्रबन्ध सम्पादक बिक्रम फागो वनेमले विगत २ वर्ष यता प्यारालाईसिसले थलिएका साङदाम्गेनवरुमसाबा होमकर्ण नेम्बाङ र उनको जीवन संगिनी आईतमाया हाङगामलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो ।

माङसेबुङ सेवा समाज दक्षिण कोरियाले संयोजन गरि दक्षिण कोरिया पुगेका नेपाली दाजुभाईबाट संकलन गरिएको ४२ हजार रुपैयाँ सहयोग स्वरुप वनेमले नेम्बाङ दम्पतिलाई प्रदान गरेका हुन । उनलाई दमक ३, दुम्से स्थित निवासमा गएर सो रकम प्रदान गरिएको छ ।

विगत दुई वर्षदेखि प्यारलाईसिस्ले थलो पारेका नेम्बाङ दम्पतिलाई ३ महिनाको अन्तरालमा प्यारलाईसिस् लागेको थियो । सुरुमा दुबै जनाको हातखुट्टा नै नचल्ने अवस्था रहेको थियो । लामो समय सम्मको उपचार पछि अहिले सामान्य उठ्न बस्न सक्ने भएका छन ।

किरात ज्योतिसविद रन्धोज नेम्बाङको साईला छोरा होमकर्ण नेम्बाङ साङदाम्गेनवरुमसाबा हुन् । उनले लामो समयसम्म किरात धर्ममा योगदान पुयाएका छन् ।

फाउन्डेशनका अध्यक्ष वनेमका अनुसार फाल्गुनन्द फाउन्डेशनको सहकार्यमा माङसेबुङ सेवा समाज दक्षिण कोरियाले संयोजन गरि  उक्त रकम संकलन भएको र आगामी दिनमा समेत बिरामी दम्पतिलाई सहयोग संकलन गरि प्रदान गरिनेछ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...