माङसेबुङ् सेवा समाज दक्षिण कोरियाको संयोजनमा नेम्बाङ दम्पतिलाई सहयोग प्रदान

 लिम्बुवान खबर
                       

झापा । माङसेबुङ सेवा समाज दक्षिण कोरियाको संग्योजनमा प्यारालाईसिसले थलिएका नेम्बाङ दम्पतिलाई सहयोग प्रदान गरिएको छ ।

शनिबार फाल्गुनन्द फाउन्डेशनका अध्यक्ष तथा माङसेबुङ मासिक पत्रिकाका प्रबन्ध सम्पादक बिक्रम फागो वनेमले विगत २ वर्ष यता प्यारालाईसिसले थलिएका साङदाम्गेनवरुमसाबा होमकर्ण नेम्बाङ र उनको जीवन संगिनी आईतमाया हाङगामलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो ।

माङसेबुङ सेवा समाज दक्षिण कोरियाले संयोजन गरि दक्षिण कोरिया पुगेका नेपाली दाजुभाईबाट संकलन गरिएको ४२ हजार रुपैयाँ सहयोग स्वरुप वनेमले नेम्बाङ दम्पतिलाई प्रदान गरेका हुन । उनलाई दमक ३, दुम्से स्थित निवासमा गएर सो रकम प्रदान गरिएको छ ।

विगत दुई वर्षदेखि प्यारलाईसिस्ले थलो पारेका नेम्बाङ दम्पतिलाई ३ महिनाको अन्तरालमा प्यारलाईसिस् लागेको थियो । सुरुमा दुबै जनाको हातखुट्टा नै नचल्ने अवस्था रहेको थियो । लामो समय सम्मको उपचार पछि अहिले सामान्य उठ्न बस्न सक्ने भएका छन ।

किरात ज्योतिसविद रन्धोज नेम्बाङको साईला छोरा होमकर्ण नेम्बाङ साङदाम्गेनवरुमसाबा हुन् । उनले लामो समयसम्म किरात धर्ममा योगदान पुयाएका छन् ।

फाउन्डेशनका अध्यक्ष वनेमका अनुसार फाल्गुनन्द फाउन्डेशनको सहकार्यमा माङसेबुङ सेवा समाज दक्षिण कोरियाले संयोजन गरि  उक्त रकम संकलन भएको र आगामी दिनमा समेत बिरामी दम्पतिलाई सहयोग संकलन गरि प्रदान गरिनेछ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;