कम्युनिटी शिल्ड : लिभरपुललाई हराउँदै आर्सनल च्याम्पियन

 एजेन्सी
                       

काठमाडाैं । आर्सनलले प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।

शनिवार वेम्बली स्टेडियममा भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।

आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । आर्सनलभन्दा धेरै म्यानचेष्टर युनाइटेडले २१ पटक उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा आर्सनलका पाँचै खेलाडीले गोल गरे । लण्डन क्लबका लागि रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एमरिक ओबामियाङले गोल गरेका थिए ।

लिभरपुलका चार खेलाडी मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । तर, युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो ।

त्यसअघि खेलको १२ औं मिनेटमा ओबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा वैकल्पिक खेलाडी मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए ।

प्रिमियर लिग र एएफ कपको विजेता बीच नयाँ सिजनअघि कम्युनिटी शिल्ड खेलाइन्छ । आर्सनल एफए कपको विजेता हो भने लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो ।

आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ को नाम “किरात, लिम्बुवान” राख्न माग

दमक/ किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग  गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा  याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४...

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...