१ न. प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

 लिम्बुवान खबर
                       

झापा ।आज प्रदेश नम्बर १ को केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशको अरु ठाउँको मौसम भने सामान्यतया बादल लागी केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

आज १ नं. प्रदेश, २ नं. प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा सामान्य तय पूर्ण बदली रही देशका अरु ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने माैसमविद् श्रेष्ठले  बताएका छन् ।

१ नं. प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा अहिले सामान्य पानी परिरहेको छ । यी ठाउँहरुमा दिउँसो पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेकाे छ।

राती भने देशभर सामान्यतया बदली रहि केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव र भारतमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण नेपालमा पानी पर्ने सम्भावना भएको हो ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;