विश्वमा कोरोना संक्रमणबाट हालसम्म ८ लाख ४६ हजार बढीको मृत्यु

 Bhumika Limboo
                       

काठमाण्डाै । विश्वमा कोरोना भाइरसबाट आठ लाख ४६ हजार छ सयभन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै विश्वमा दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको छ ।

एक करोड ७५ लाख पाँच सयभन्दा धेरै उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ५६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । विश्वमा कोरोना सङ्क्रमितमध्ये झण्डै ७० प्रतिशत निको भएका छन्।

कोरोना भाइरसको प्रभाव सबैभन्दा धेरै अमेरिकामा परेका छन् । अमेरिकामा अहिलेसम्म ६१ लाख ३९ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ४६ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ । ३४ लाख आठ हजारभन्दा धेरै निको भएका छन् ।

दोस्रोमा ब्राजिलमा सबैभन्दा धेरैमा सङ्क्रमण भएको छ । ब्राजिलमा ३८ लाख ४७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख २० हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ब्राजिलमा ३० लाख छ हजारभन्दा धेरै निको भएका छन् । तेश्रोमा भारत रहेको छ । भारतमा ३५ लाख ३९ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएकोमा ६३ हजार छ सय ५० भन्दा धेरैको ज्यान गएको छ । २७ लाख १२ हजार पाँच सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;