दमकमा समुदायमा कोरोना फैलदै, कन्ट्याक ट्रेसिङ्बाट १५ जनामा काेराेना पोजेटिभ देखियो

 लिम्बुवान खबर
                       

दमक/ झापाको दमकमा शनिवार कोरोना संक्रमण पुष्टि भएको सबैजसो कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको पाईएको छ । औषधि ब्यवसायी, बिधुत कर्मचारी तथा वित्तीय संस्था लगायत अन्य पोजेटिभ ब्याक्तिहरुबाट अर्कामा सरेको देखिएको बताईएको छ । यसले समुदायमा कोरोना संक्रमण फैलिएको दर्बिलो पुष्टि गरेको छ ।

दमक फार्मेसीका स्वास्थ्यकर्मीमा देखिएको कोरोना पोजेटिभपछिको कन्ट्याक्ट ट्रेसिङमा २ जनामा कोरोना पोजेटिभ भेटिएको छ । यसैगरी सबैभन्दा बढि विद्यूत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङबाट पोजेटिभ देखिएको छ । शनिवार बिद्यूत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा ५ जना थपिएका छन् ।

शनिवार कोरोना पोजेटिभ देखिएका दमक ८ का ७ जना रहेका छन् । यसैगरी दमक १ का ३ जना, दमक ६ का १ जना, दमक ७ को १ जना, दमक ५ को २ जना, दमक ४ को १ जना र दमक प्रहरीबाट १ जनामा कोरोना पोजेटिभ देखिएको दमक नगरपालिका स्वास्थ्य शाखा श्रोतको भनाई छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार कन्ट्याक्ट ट्रेसिङलाई सुक्ष्म रुपमा अध्ययन गरेर परिक्षणको दायरा बढाईएका कारण कोरोना पोजेटिभको संख्या बढेको हो । यसले समुदायमा फैलनबाट रोक्न सहयोग पुग्ने उनले बताए । तर यतिमै ढुक्क नहुन समेत नगरवासीमा उनले अनुराेध गरेका छन् ।

सम्बन्धित समाचार

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...

टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...

दमक नपाबाट इप्रका दमकलाइ मापसे तथा लापसे चेकजाँज गर्ने मेसिन प्रदान

दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...