मातृभाषा विरुद्धको रिट खारेज भएपछि पाँचथरको फाल्गुनन्दमा मातृभाषा शिक्षा अघि बढ्ने

,   लिम्बुवान खबर
                       

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लागू भएको मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको छ ।

मातृभाषा शिक्षा सञ्चालनका लागि गाउँपालिकाले गरेको शिक्षक नियुक्ती विरुद्ध हालिएको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएपछि मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी फाल्गुनन्द गाउँपालिकाका सचिव फाल्गुनन्द गाउँपालिका–४ का इन्द्रकुमार नेम्वाङले मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध २०७६ साल कात्तिक ७ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

त्यसपछि उच्च अदालत विराटनगरले मातृभाषा शिक्षाका लागि सुरु गरिएको प्रक्रिया तत्काल अघि नबढाउन गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो ।

अदालतले समेत मातृभाषा शिक्षा सञ्चालनमा रोक लगाउन खोजेको भन्दै आदिवासी जनजाति महासंङ लगायत अन्य जातीय संघ संस्थाका प्रतिनिधि तथा भाषिक अधिकारकर्मीहरुले विरोध गरेका थिए ।

फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाका ४० वटा सरकारी विद्यालयमा लिम्बू, राई र तामाङ भाषाबाट शिक्षा सञ्चालन गर्ने गरी शिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो ।

गाउँपालिकाले ४० मध्ये ९ वटा विद्यालयमा त्यसअघि नै मातृभाषाका शिक्षक नियुक्ती गरेको थियो । दोस्रो चरणमा ८ वटा विद्यालयमा मातृभाषा शिक्षकको परिक्षा भएपछि नेम्बाङले रिट दायर गरेका थिए । तामाङ १ , राई १  र अन्य लिम्बू भाषाका शिक्षक नियुक्तिका लागि भएको परिक्षामा ७ जना मात्र उत्तीर्ण भएका थिए । एउटा विद्यालयका लागि परिक्षामा सहभागी दुवै अनुत्तीर्ण भएपछि ७ जनालाई मात्र नियुक्ति दिएका थिए । तर रिट परेपछि अदालतको अन्तरिम आदेशपछि सबै शिक्षकहरु घर बस्दै आएका छन् ।

तर नेम्बाङले रिट दायर गरेपछि बाँकी सबै प्रक्रिया रोकिएकोमा आइतबार अदालतले नै नेम्बाङको रिट खारेज गरिदिएपछि सो प्रक्रिया स्वतः अघि बढ्ने भएको हो ।

नेम्बाङको रिट खारेज गरिदिएपछि गाउँपालिकाकी तत्कालिन कार्यवाहक अध्यक्ष समेत रहेकी हालकी उपाध्यक्ष देवित्राकुमारी आङदेम्बेले सत्यको जीत भएको प्रतिक्रिया दिइन् । ‘हामीले गलत काम गरेको थिएनौं, त्यसैले जितेका छौं । हामीलाई अदालतले न्याय दिएको छ’ आङदेम्बेले भनिन्, ‘उहाँहरुलाई आरोप मात्र थियो भन्ने प्रमाणित भएको छ । यो जित गाउँपालिकाको मात्र नभएर समग्र मातृभाषीहरुको जित हो ।’

आर्थिक वर्ष २०७५/७६ देखि फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षा लागू गरेको थियो । पहिलो चरणमा नै नियुक्ति पाएका १ तामाङ र ८ लिम्बू मातृभाषा शिक्षक भने निरन्तर कार्यरत छन् ।

गाउँपालिकाले माध्यमिक तहका मातृभाषा शिक्षकलाई मासिक १४ हजार र आधारभूत तहका शिक्षकलाई मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । (नयाँ बुलन्दबाट)

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;