डेढ अर्ब लगानीमा झापामा तयार भयो पाँचतारे होटेल

 लिम्बुवान खबर
                       

१५ भदौ, काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’ भएको छ ।

विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक हस्पिटालिटी’ । यसै टिमको व्यवस्थापनमा काठमाडौं  तथा मोफसलमा समेत होटेल व्यवस्थापन शुरु गरिएको थियो ।

यही टिमले पहिलोपटक आफैं होटेल प्रोपर्टी सुरु गरी सञ्चालन तथा व्यवस्थापन गर्न लागेको ‘द पिक हस्पिटालिटी’का अध्यक्ष दीपक लेखकले जानकारी दिए ।

यो टिममा अहिले लेखकसहित यादव पाण्डे, विशान शाह, विवेक विष्ट साझेदार छन् । ‘द पिक हस्पिटालिटी’ले यसअघि काठमाडौंको एयरपोर्ट होटेल, भैरहवाको बोधी रेडसन होटेल र काठमाडौंको आनन्द पशुपति होटेलको व्यवस्थापन गरिरहेको छ ।

चौथो प्रोपर्टी भने यो समूह आफैंले परामर्श, सञ्चालन तथा व्यवस्थापन गर्न लागेको हो । लेखक भन्छन्, ‘हामी पहिलो नेपाली ब्राण्ड हुनेछौं, जसले पहिलोपटक पाँचतारे होटेल परामर्श, सञ्चालन तथा व्यवस्थापन आफै गर्नेछौं ।’

चार वर्षमा तयार

सन् २०१६ बाट  होटेल मेचि क्राउनको निर्माण सुरु भएको हो । सन् २०२० को भ्रमण वर्षलाई लक्षित गरी निर्माण शुरु गरिएको यो होटेल संचालनको मिति वैशाख २०७७ लाई तोकिएको थियो ।

अध्यक्ष लेखकका अनुसार निर्माणको सम्पूर्ण काम पुरा भइसक्नासाथ संसारभर कोरोना भाइरसको महामारी सुरु भयो । यसको नेपाल प्रवेशसँगै जुन उद्देश्यले लगानी भएको थियो, त्यसअनुसार शुरुवात भने गर्न मिलन ।

‘होटेल जसरी संचालन गर्ने योजना बनाएका थियौं, तोकिएको साइतमा त्यो त अवसर मिलेन,’ उनले भने, ‘तर शुभसाइत हेरे गृहप्रवेश भने गरेका छौं ।’

डेढ अर्ब लगानी

होटेलमा कुल डेढ अर्ब लगानी भएको लेखक जानकारी दिए । कुल १ सय ५ कोठा रहेको यो होटेलले ५ वटा कोठालाई सुइट रुमका रुपमा विकास गरेको छ । १० भिल्ला, २० वटा क्लब रूम र ७० वटा कोठालाई भने डिलक्स रूमका रूपमा तयार गरिएको छ ।

दुई वटा रेष्टुरेन्ट रहेको छ । ब्याङ्क्वेट हलसहित हेलीप्याडको सुविधा समेत रहेको हो छ । होटेल कुल ८ बिगाहा क्षेत्रफलमा फैलिएको छ । होटेलमा कुल १ हजार विरुवा वृक्षारोपण गरिएको छ । जसले वातावरणमैत्री बनाउन सहयोग पुग्ने लगानीकर्ताको विश्वास छ । अत्याधुनिक संरचनामा उत्कृष्ट सेवा दिने लक्ष्यसहित नयाँ होटेल प्रोपर्टी तयार भएको अध्यक्ष लेखक बताउँछन् ।

ठूलो क्यासिनो भित्र्याउने तयारी

भारत र बंगलादेशी खर्चालु पर्यटकलाई नेपालसम्म तान्ने माध्यमका रुपमा होटेलले यहाँ नेपालकै ठूलो क्यासिनो सञ्चालनको समेत तयारी गरेको छ । यहाँ भेगास क्यासिनोले संरचना बनाइरहेको छ ।

क्यासिनो सञ्चालनमा आइसकेपछि एकैपटक करिव ७ सय जनाले रोजगारी पाउने अध्यक्ष लेखकले बताए ।

‘होटेल पूर्ण क्षमतामा चल्दा कुल ९ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

अन्तर्राष्ट्रिय स्तरको सेवा पूर्वाञ्चलमा उपलब्ध गराउने र समग्रमा प्रदेश एकलाई पनि एक पर्यटकीय हवका रुपमा विकास गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न आगामी दिनमा मार्केटिङका काम अगाडि बढाइने उनले बताए ।

उनका अनुसार होटेलले सतप्रतिशत नेपाली कर्मचारीलाई रोजगारी दिने लक्ष्य राखेको छ । ‘हामी चार जना नै विश्वका ठूल्ठूला होटेलदेखि नेपालका पाँचतारे होटेलमा अनुभवी छौं,’ उनले भने ‘अब हामी त्यो अनुभवलाई नेपालमै प्रयोग गर्न लागिरहेका छौं ।’

बंगलादेशी र भारतीयलाई ट्रान्जिट

भारतको बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १२ किलोमिटरको दूरीमा पर्छ झापाको धुलाबारी । विमानस्थल आसपासमा भारतमा पनि स्तरीय होटेल नभएका कारण झापालाई ट्रान्जिट बनाएर नेपालमा पर्यटक भित्र्याउन सकिने अपेक्षामा होटेल व्यवस्थापकहरु छन् ।

यसले भारतीय र बंगलादेशी नागरिकलाई नेपाल छिर्न सहज हुनेछ । अर्कोतर्फ यहाँबाट खर्चालु पर्यटक भित्राउन सकिने अपेक्षा समेत व्यवसायीले गरेका छन् ।

‘हामी सेवामा सम्झौता गर्दैनौं’, लेखकले भने ‘मोफसलबाट पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पाँचतारे स्तरको सेवा दिने गरी होटेल सञ्चालन गर्नेछौं ।’

अर्कोतर्फ झापालाई केन्द्र बनाएर प्रदेश नं एकका लोकपि्रय पर्यटकीय गन्तब्यमा आन्तरिक पर्यटकसमेत आकषिर्त गर्न सकिने अपेक्षा व्यवसायीले गरेका छन् । ‘हामीसँग सगरमाथादेखि कञ्चनजंगा, इलामदेखि पाथिभरासम्म छन्, तर, पनि पूवाञ्चललाई पर्यटकीय गन्तब्य मानिँदैन,’ अध्यक्ष लेखकले भने, ‘अब हाम्रो प्रयास प्रदेश एक लाई पर्यटकीय हव बनाउनु हुनेछ ।’

सोही अनुसार नेपालीका लागि समेत प्याकेज ल्याउने उनले बताए । ‘न्यू नर्मल’मा होटेल सञ्चालन गर्नुपर्दा अपनाउनुपर्ने उपाय तथा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयका मापदण्ड लागू गर्नेबारे कर्मचारीलाई तालिम दिने काम भइरहेको छ । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...