एन्फाद्वारा साफ च्याम्पियन आयोजिनाको लागि प्रस्ताव पेश

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्नलाई औपचारिक रुपमा प्रस्ताव पेश गरेको छ । एन्फाले शनिबार विस्तृत योजना तयार गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा साफ आयोजनाका लागि प्रस्ताव पेश गरेको हो ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जनाएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको हो ।

एन्फाले साफ आयोजनाको लागि कुल १० करोड रुपैयाँ खर्च हुने जनाएको छ । जसमा संघीय सरकारले साफ आयोजनाको लागि ५ करोड दिने निर्णय गरिसकेको छ ।

नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ । नेपालले सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो ।

नेपालसँगै माल्दिभ्सले पनि साफ आयोजनाका लागि शनिबार नै प्रस्ताव पेश गरेको छ । साफ च्याम्पियनसिप अक्टोबरको पहिलो हप्ता आयोजनाको लागि तयारी गरिएको छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;