पहिचान र अस्तित्वको लागि संघर्ष भईरहेको छ – कुमार लिङ्देन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले संसारमा पहिचान र अस्तित्वको लागि संघर्ष भइृरहेको बताएका छन् ।

संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्य समिति दक्षिण कोरियाले आयोजना गरेको पहिचानको जगमा नेपालको स्थायित्व र विकास शिर्षकमा भएको भर्चुअल कार्यक्रममा सो कुरा बताएका हुन् ।

कांग्रेसी नेताहरु आफू आफू बिच भईरहेको झगडा अस्तित्वकै लडाई हो, त्यसैगरी केपी ओली र माधव नेपाल बिचको लडाई पनि अस्तित्व कै लडाई हो भन्दै अध्यक्ष लिङदेनले अहिले जसपा पार्टीमा भएको लडाई पनि अस्तित्वकै लडाई भएको बताए । पुँजीवाद र साम्यवाद बाहेक कुनै बाद हुँदैन भन्ने स्कुलिङ्ले पहिचान र अस्तित्वलाई ओझेलमा पारेको अध्यक्ष लिङ्देनले कार्यक्रममा बताएका छन् । अध्यक्ष लिङदेनले भर्चुअल कार्यक्रममा पहिचान र अस्तित्व नै मुख्य दर्शन भएको जिकीर गरेका छन् ।

भर्चुअल कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रष्ट पारे संघीयता भनेको टुक्रिनु भन्दा अगाडि टुक्राउनु हो । यसमा जोड्दै भने भोलिको दिनमा लिम्बुवान टुक्रेर जानु भन्‘दा अघि लिम्बुवान प्रान्त दिनु भनेको हो । संघीयता भनेको पछि आउने द्वन्द्वलाई त्यस अघि नै समाधान गर्नु हो । यसरी नै उनले भने –‘सह–अस्तित्ववाद भनेको मान्छेलाई एकले अर्कालाई सम्मान गर्नु हो ।’ अध्यक्ष लिङदेले भने– ‘मान्छेले मान्छेलाई माया गर्नु सम्मान गर्नु नै सह–अस्तित्ववाद हो । सह–अस्तित्ववादले मात्र शान्ति हुन्छ र देश समृद्ध बन्छ ।’

सामाजिक मञ्च दक्षिण कोरियाका अध्यक्ष रमेश लावतीको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमको संचालन मञ्चका महासचिव खडग सेर्माले गरेका थिए । कार्यक्रममा मञ्चका उपाध्यक्ष चन्द्र खापुङ्, संघीय अर्थ संचिव विष्णु यक्सो त्यसैगरी सामाजिक मञ्च कतार, साउदी, मलेसिया, बहराइन त्यसैगरी खसान र दलित प्रान्तका नेताहरु समेत सहभागी थिए ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...