दमक प्रहरी कार्यालयको बन्दी गृहलाई फेन र पुस्तक प्रदान

,   लिम्बुवान न्युज
                       

दमक, १९ साउन। दमकका श्रष्टा मेचीपुत्र सहितका केहि युवाले इलाका प्रहरी कार्यालयका बन्दीलाई लक्षित गरि चारवटा फेनसहित अध्ययनका लागि विभिन्न पुस्तकहरु प्रदान गरेको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय परिसरमा पुगेर मेचीपुत्रसहित होटल व्यवसायी बाटोघरे कान्छाले दमक प्रहरी प्रमुख डिएसपी नवराज कार्कीलाई ती सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

मिन्ट सर्जिकलका सञ्चालक समेत रहेका युवा व्यवसायी मेचीपुत्रका अनुसार हिरासतमा रहेका बन्दीलाई गर्मीका समयमा हुने समस्यालाई सहज पुरयाँउन चार थान टेवल फेन र २५ थान विभिन्न साहित्यीक र जीवनी सम्बन्धी पुस्तकहरु उपलव्ध गराईएको हो ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई, नेपाली कांग्रेस दमकका सचिव युवराज खनाल लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;