दमक प्रहरी कार्यालयको बन्दी गृहलाई फेन र पुस्तक प्रदान

 लिम्बुवान न्युज
                       

दमक, १९ साउन। दमकका श्रष्टा मेचीपुत्र सहितका केहि युवाले इलाका प्रहरी कार्यालयका बन्दीलाई लक्षित गरि चारवटा फेनसहित अध्ययनका लागि विभिन्न पुस्तकहरु प्रदान गरेको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय परिसरमा पुगेर मेचीपुत्रसहित होटल व्यवसायी बाटोघरे कान्छाले दमक प्रहरी प्रमुख डिएसपी नवराज कार्कीलाई ती सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

मिन्ट सर्जिकलका सञ्चालक समेत रहेका युवा व्यवसायी मेचीपुत्रका अनुसार हिरासतमा रहेका बन्दीलाई गर्मीका समयमा हुने समस्यालाई सहज पुरयाँउन चार थान टेवल फेन र २५ थान विभिन्न साहित्यीक र जीवनी सम्बन्धी पुस्तकहरु उपलव्ध गराईएको हो ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई, नेपाली कांग्रेस दमकका सचिव युवराज खनाल लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...