फाकफोकथुम। नेपाल आदिवासी जनजाती महासंघ फाकफोकथुम २ नं. वडा समन्वय समितिले स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाँउपालिकाको दुई नम्बर वडामा रहेको संघसंस्था, कार्यालय र विद्यालयलाई स्वास्थ्य सामाग्री वडा कार्यालय कोल्बोटेमा वितरण गरेको हो ।
महासंघले कोभिड–१९ बाट सुरक्षित रहनको लागि सेनिटाइजर, पिपि सेट, माक्स लगायतका स्वास्थ्य सामाग्री १३ वटा कार्यालयलाई वितरण गरेको जनाएको छ ।
स्वास्थ्य सामाग्री वडा कार्यालय, स्वास्थ्य चौकी, राष्ट्रिय मा.वि. शुभद्रा आ.वि, नवकिरण कृषि शहकारी संस्था, चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्था, धार्नेखोप आ.वि., चौहानडाँडा आ.वि, किराँत राई यायोख्खा, नेपाल तामाङ घेदुङ, नेपाल मगर संग लगायत संघसंस्थाहरुलाई सामाग्री वितरण गरिएको महासंगका अध्यक्ष नरेश तामाङले बताए ।
जनजाति महासंघ वडाध्यक्ष तामाङको अध्यक्षता र वडाध्यक्ष याम बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सामाग्री लिनका लागि सम्बन्धित कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
आदिवासी जनजाति महासंघ वडा नंं. २ समन्वय समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न काम गर्दै नागरिकको जिवन रक्षामा सहयोग गर्नको लागि कृयासिल रहदै आएको छ ।