महासंघद्वारा संघसंस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण

 लिम्बुवान न्युज
                       

फाकफोकथुम।  नेपाल आदिवासी जनजाती महासंघ फाकफोकथुम २ नं. वडा समन्वय समितिले स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाँउपालिकाको दुई नम्बर वडामा रहेको संघसंस्था, कार्यालय र विद्यालयलाई स्वास्थ्य सामाग्री वडा कार्यालय कोल्बोटेमा वितरण गरेको हो ।

महासंघले कोभिड–१९ बाट सुरक्षित रहनको लागि सेनिटाइजर, पिपि सेट, माक्स लगायतका स्वास्थ्य सामाग्री १३ वटा कार्यालयलाई वितरण गरेको जनाएको छ ।

स्वास्थ्य सामाग्री वडा कार्यालय, स्वास्थ्य चौकी, राष्ट्रिय मा.वि. शुभद्रा आ.वि, नवकिरण कृषि शहकारी संस्था, चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्था, धार्नेखोप आ.वि., चौहानडाँडा आ.वि, किराँत राई यायोख्खा, नेपाल तामाङ घेदुङ, नेपाल मगर संग लगायत संघसंस्थाहरुलाई सामाग्री वितरण गरिएको महासंगका अध्यक्ष नरेश तामाङले बताए ।

जनजाति महासंघ वडाध्यक्ष तामाङको अध्यक्षता र वडाध्यक्ष याम बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सामाग्री लिनका लागि सम्बन्धित कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आदिवासी जनजाति महासंघ वडा नंं. २ समन्वय समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न काम गर्दै नागरिकको जिवन रक्षामा सहयोग गर्नको लागि कृयासिल रहदै आएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...