राप्रपा संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशनतर्फ केन्द्रित हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशन तर्फ केन्द्रीत भएको छ ।

मंगलबार पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले सो कुरा वताउँदै स्थानीय निकाय निर्वाचनको तयारीलाई तिव्रता दिन समेत निर्देशन दिएका छन् ।

महाधिवेशन अघि पार्टीको स्थानीय तहको अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार, सर्वसत्ताबाद, धर्मपरिवर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउँदै पार्टी आन्दोलित हुने बताए ।

राप्रपालाई अग्रणी राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउनको निमित्त सबैले शसक्त भुमिका निर्वाह गर्नुपर्नेमा पनि थापाको जोड थियो । महाधिवेशन, स्थानिय निकाय निर्वाचन र संसदीय निर्वाचन दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभावकारी रुपमा परिचालित हुन अध्यक्ष थापाले आग्रह गरेका छन् । थापाको संयोजकत्वमा महाधिवेशन परिचालन समिति गठन भएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...