राप्रपा संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशनतर्फ केन्द्रित हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशन तर्फ केन्द्रीत भएको छ ।

मंगलबार पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले सो कुरा वताउँदै स्थानीय निकाय निर्वाचनको तयारीलाई तिव्रता दिन समेत निर्देशन दिएका छन् ।

महाधिवेशन अघि पार्टीको स्थानीय तहको अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार, सर्वसत्ताबाद, धर्मपरिवर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउँदै पार्टी आन्दोलित हुने बताए ।

राप्रपालाई अग्रणी राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउनको निमित्त सबैले शसक्त भुमिका निर्वाह गर्नुपर्नेमा पनि थापाको जोड थियो । महाधिवेशन, स्थानिय निकाय निर्वाचन र संसदीय निर्वाचन दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभावकारी रुपमा परिचालित हुन अध्यक्ष थापाले आग्रह गरेका छन् । थापाको संयोजकत्वमा महाधिवेशन परिचालन समिति गठन भएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;