जन्तेढुंगा गाउँपालिकाले लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याए

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याएको छ । ६ वटा वडापालिका रहेको जन्तेढुंगामा साउन १ गतेदेखि आफ्नो लेटरहेडमा नेपाली भाषाको अतिरिक्त किरात लिपि प्रयोगमा ल्याएको हो ।

किरात समुदायको बाहुल्यता रहेको एवं पुरापूर्व कालदेखि प्रयोग हुँदै आएको किरात लिपिको संरक्षण एवं संवद्र्धनका लागि गाउँपालिकाको लेटरहेडमा किरात लिपि प्रयोग सुरु गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाको गत असार २७ गतेको पालिकाको बैठकले साउन १ गतेदेखि लागु हुनेगरी गाउँपालिका तथा गाउँपालिका मातहतका कार्यालयको लेटरहेडमा गाउँपालिकाको नाम किरात लिपिमा समेत उल्लेख गर्ने निर्णय गरेको थियो । हालका लागि गाउँपालिका र ६ वटा वडाकार्यालयमा गाउँपालिकाको नाम नेपाली भाषासँगै किरात लिपिमा लेखिएको लेटरहेड प्रयोगमा ल्याइएको छ । ‘गाउँपालिकाको लेटरहेडमा नेपाली भाषामा जे लेखिएको छ, त्यसैलाई ट्रान्सलेट गरेर किरात लिपिमा राखिएको छ,’ पालिकाले जनाएको छ ।

खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकाले गत वर्षदेखि नै आफ्नो लेटरहेडमा चाम्लिङ राई भाषा प्रयोगमा ल्याइसकेको छ । यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा तिलुङ भाषालाई सरकारी कामकाजमा मान्यता दिइएको छ । बाहुनीडाँडा र डिकुवाको लेटरहेडमा वाम्बुले तथा च्यास्मीटारको लेटरहेडमा तिलुङ भाषालाई प्रयोगमा ल्याइएको मेयर इवन राईले बताए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...