लिम्बुवान मञ्चले सर्बोच्चको फैसला खारेज गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझायाे

 लिम्बुवान न्युज
                       

धरान, २० साउन । सर्वोच्च अदालतले आरक्षण सम्बन्धमा गरेको फैसला संविधानभन्दा माथि रहेर गलत फैसला भएको भन्दै संघीय लिम्बुवान मञ्च, नेपालले उक्त फैसला खारेज गर्न माग गरेको छ । मञ्चको सुनसरी जिल्ला कार्यसमितिले ईलाका प्रशासन कार्यालय धरानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउदै यस्तो माग गरेको हो ।

सर्वोच्चले आफ्नो क्षेत्राधिकार बाहिर गएर नेपालको अन्तरिम संविधान २०६३ र संविधान २०७२ मा व्यवस्था गरेको समानुपातिक प्रणालीबारे फैसला गरेको मञ्चको ज्ञापन पत्रमा उल्लेख छ । ‘सरकारी सेवा हुने आरक्षण जातीयताको आधारमा नभई आवश्यकताको आधारमा निर्धारण हुनुपर्ने भनि सर्बोच्चका न्यायाधिशद्धय विश्वम्भर प्रसाद श्रेष्ठ र आनन्द मोहन भट्टराईको इजलाशले दिएको आरक्षण सम्बन्धी फैसलाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ –ज्ञापन पत्रमा भनिएको छ ।

सर्वोच्चले संविधानको धारा १८(३) लाई अपव्याख्या गरि आरक्षित कोटाको अवमुल्यन गर्दै न्यायपालिकाले संविधानभन्दा माथि रहेर गलत फैसला गरेको भन्दै मञ्चले फैसलाको निन्दा गरेको छ । साथै, उक्त फैसलालाई खारेज गरेर संविधानको सर्वोच्चता र आरक्षित कोटालाई सुनिश्चित गराउन पनि उक्त पार्टीले सरकारलाई ध्यानाकर्षण गरेको छ ।

यसैगरि विज्ञिप्तमा, एमसीसी जस्ता राष्ट्रघाती विधेयकलाई वर्तमान सरकारले संसदबाट पारित गराउन खोजिरहेको भन्दै मञ्चले राष्ट्रघाती सम्झौताहरु पारित नगर्न पनि माग गरेको छ । साथै, नागरिकता विधेयकले नेपाललाई सिक्किम र निजिकरण गर्न लागेको भन्दै मञ्चले राष्ट्रघाती निर्णय संसदमा प्रस्ताव पारित नगराउन पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

उक्त ज्ञापनपत्रमा जिल्ला अध्यक्ष अमर इजम र सचिव निर्मल राईले हस्ताक्षर गरेका छन् भने कार्यक्रममा मञ्चका उपाध्यक्ष एबी पन्धाक, सचिवहरु भुपेन्द्रसुन्दर लावती, पूर्णकला तेयुङ्, अन्य केन्द्रीय नेता तथा जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...