झापाको निषेधाज्ञा साउन ३२ सम्म लम्बियो

 लिम्बुवान न्युज
                       

झापा, २२ साउन।  कोरोना संक्रमितको ग्राफ निरन्तर बढेसंगै जिल्ला प्रशासन कार्यालय झापाले एकसाताका लागि फेरि जारी निषेधाज्ञा अवधि बढाएको छ ।

आज शुक्रवार जिल्लास्थित कोभिड व्यवस्थापन समितिका संयोजक श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले साउन २३ गते मध्यरातदेखि साउन ३२ गतेराति मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको जारी सूचनामा जनाइएको छ ।

बैठकले पूर्वी नाका काँकरभिट्टाबाट विदेशी नागरिक प्रवेश स्थगन गर्ने तथा नेपाल भारत खुल्ला सीमाना रहेको झापाका अन्य गौडाबाट प्रवेशमा पूर्ण रोक लगाउने, पूर्वी नाकाबाट प्रवेश गर्ने स्वदेशी नागरिकको हकमा एन्टिजेन विधिबाट स्वास्थ्य परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आए अवस्था हेरेर आइसोलेसन केन्द्र वा थप उपचारका लागि मेची अस्पताल लैजाने र झापा बाहेकका जिल्लाको हकमा आवश्यक समन्वय गरी गन्तव्यतर्फ पठाउने निर्णय गरेको छ ।

बैंक तथा वित्तिय संस्थाले न्यूनतम कर्मचारी राखेर आलोपालो मिलाई हप्तामा ३ दिनमात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेको बैठकले खाद्यान्न, फलफूल, दूध तथा दैनिक आवश्यक सामग्री तथा कृषिजन्य उत्पादनमा प्रयोग गरिने मलखाद, बिऊ–विजन खरिदको समयमा भने १ घण्टा बढाएर विहान ६ बजेदेखि ९ बजेसम्म पुरयाँएको छ । यस अघि ६ बजेदेखि ८ बजेसम्म मात्र तोकिएको थियो ।

स्वास्थ्य मापदण्ड अपनाएर राजमार्गमा सार्वजनिक सवारी सञ्चालन गर्न पाउने निर्णय गरेको बैठकले निश्चित स्टेशनभन्दा सवारी रोक्न नपाउने निर्णय गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;